बुटवल । नेपालमा रहेको रोयल इनफिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासिक बाइकको बिहीबारदेखि बुकिङ्ग, टेस्ट राइड र बिक्री शुभारम्भ भएकोछ ।
रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले पनि एक कार्यक्रम गरी रोयल इन्फिल्डको नयाँ सात रङमा पाँच भेरियन्टका बाइक बिक्री शुभारम्भ गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उक्त बाईकको सार्वजनिक गरे सङ्गै प्रतिष्ठानले बिक्रीको शुभारम्भ गरेको हो । मध्यम आकारको मोटरसाइकल (२५० सीसी देखि ७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्वव्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको हो । पुरानो आकर्षणलाई कायम राख्दै रोयल इनफिल्डले आधुनिक सुधार सहित क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको हो ।
रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु¥याइने प्रतिष्ठानले बताएको छ । यसको सुरूवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प, एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ ।
आधुनिक सुविधा सहित अतुलनीय मूल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने गैरे प्रतिष्ठानले जनाएको छ । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुने प्रतिष्ठानका प्रबन्ध सञ्चालक सदस्य प्रवेश गैरेले बताउनुभयो । न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ ।
पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङ सँगै आकर्षक डिजाइन रहेका छन् । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ्गको प्रतिनिधित्व गर्दै आएको कम्पनिले जनाएको छ ।

क्लासिक ३५० सार्वजनिक भए पछि कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार हाम्रालागि सधैँ विशेष रहँदै आएको बताउनुभएको छ । नेपाली बजारमा त्यस प्रकारको प्रभाव रहेको गैरे प्रतिष्ठान प्रा.लि. बुटवलका अध्यक्ष प्रेम राज गैरेले पनि पुष्टि गर्नुभएको छ । अध्यक्ष गैरेका अनुसार मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरेका छन् । यसको नेपाली बजार मुल्य रु ५,५५,००० देखि ५,७९,००० सम्म रहेको प्रतिष्ठानका प्रमुख प्रबन्धक धुर्व सापकोटाले बताउनुभयो ।
आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतिकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने विश्वास रहेको प्रतिष्ठानले बताएको छ । यसको हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ ।
सिग्नल सिरिज कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासिक सम्बन्धको सम्मान गर्छ । नयाँ अध्यावधी स्वरूपले मोटरसाइकलको झनै सौन्दर्य बढाएको छ । डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ । क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध छ भने यस मोडलले भिन्टेजशैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ ।

सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बङ्गलादेशमा छ भने भारतको तमिलनाडु बाट यसको उत्पादन हुने गरेको प्रतिष्ठानले जनाएको छ । गैरे प्रतिष्ठान प्रा.लि.ले क्लासिक ३५० रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल पनि बिभिन्न समयमा लञ्च गरि सकेको छ ।
बिक्री शुभारम्भ गरेकै दिन गैरे प्रतष्ठानले क्लासिक ३५० मोडलका २३ थान मोटरसाइकल बिक्री गरेको छ ।