Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0
भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै
130
SHARES
ShareTweet

काठमन्डौ । भोलिदेखि शुरु हुन लागेको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रश्नपत्र छापेर जिल्लामा पठाइसकिइएको छ भने देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् ।

जापानबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् । वोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलबाट परीक्षा दिने छन ।

यस्तै, केन्द्रीय कारागार सुन्धारासहित विभिन्न कारागारबाट ३५ जनाले एसईई परीक्षा दिँदैछन् । यस पटक दुई हजार ८० वटा परीक्षा केन्द्र तोकिएको छ । ११ हजार २१७ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षामा समन्वयका लागि ७७ हजार आठ सय कर्मचारी र ३० हजार सुरक्षाकर्मी तैनाथ गरिने बोर्डले जनाएको छ । एसईईमा सबैभन्दा बढी विद्यार्थी काठमाडौंबाट ४० हजार हाराहारी र सबैभन्दा कम मनाङबाट ४३ जना सहमागी हुने बताइएको छ ।

डेढ सय परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक र ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने नियम छ ।

चैत १९ गते सम्पन्न हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदै छ ।

लुम्बिनी प्रदेशबाट ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुने

लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी पूरा भएको छ । बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा(एसईई सुरु हुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालले परीक्षाको आवश्यक तयारी सबै पुरा भएको बताउनुभयो ।

यस वर्ष रुपन्देही मा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार दुई सय ५४, कपिलवस्तु मा ९ हजार ४ सय ६१, बाँके मा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् ।

पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुदैछन् ।

नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुदैछन् । केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगि १ हजार ९ सय २ जना परिचालन हुदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।

मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गर्नुभएको छ । उहाँले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गर्नुभयो हो । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गर्नुभएको छ ।

≪ Previous Post

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, सूदूरपश्चिम र मधेश प्रदेशको जित

Next Post ≫

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क