Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शान्ति नमुना माबिमा विदाई कार्यक्रम
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुना माबिमा विदाई कार्यक्रम

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0
शान्ति नमुना माबिमा विदाई कार्यक्रम
50
SHARES
ShareTweet

तिलोत्तमा ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा डिएचएम पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार विदाई गरिएको छ । डिएचएम पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेका हुन् ।

विद्यार्थी शुसिल टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सिपयुक्त शिक्षामा जोड दिएको र आगामी दिनमा प्रत्येक विद्यार्थीले विद्यालयबाट बाहिरिदा केही न केही सिप सिकेर जाने वातावरण तयार पारिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, डिएचएम संयोजक भोजराज वस्ती लगायतले विद्यार्थीहरुलाई उज्जवल भविष्यको लागि शुभकामना दिनुभएको थियो ।
दिलिप क्षेत्री र आस्था तिवारीको सञ्चालनमा भएको कार्यक्रममा विदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
पाँचौ सेमेस्टरका विद्यार्थीहरुले अब भने देश तथा विदेशका होटलहरुमा इन्टनसिप गर्ने डिएचएम संयोजक भोजराज वस्तीले बताउनुभयो ।

≪ Previous Post

बुटवलमा २ दिने मिडिया सम्मेलन हुँदै, सञ्चार क्षेत्रका मुद्दामा छलफल हुने

Next Post ≫

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, सूदूरपश्चिम र मधेश प्रदेशको जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क