Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सिना 
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सिना 

संसारपोस्ट संवाददाता · १८ पुष २०८१ · 0
कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सिना 
110
SHARES
ShareTweet

बुटवल । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले सरकारी अनुदान को कसले लिएका छन सबै खोज्ने बताउनुभएको छ । किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रबृति बढ्दै गएको भन्दै उहाले विचौलियाको हातमा अनुदान जानबाट रोक्न कडा कदम चाल्ने  बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले विहीबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको रेकर्ड खोजेर आम समुदाय र पत्रकार माझ सार्वजनिक गर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले किसानको हकअधिकार विरुद्ध कुनै पनि सरकारसँग साँठगाठ नगर्ने ठोकुवा गर्नुभयो । ‘मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकार विरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।’ उहाले भन्नुभयो – ‘किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार छु ।’

सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मुल्य दिलाएको, कालिमाटी तरकारी तथा फलफूल बजारकोे लथालिंग र मनोपोली अवस्था सुधार गरेको तिमिल्सिनाले बताउनुभयो । ‘कालिमाटीमा वाइसिएलको रजगज थियो । मेरै नेतृत्वमा उनीहरुलाई हटाएर व्यवस्थित बनाएका छौं ।’ उहाले भन्नुभयो ।

तिमिल्सिनाले लम्की स्किनबाट पीडित किसानको लागि क्षतिपूर्ती र विमाको लागि लडेको, किसानले पाउने दुध र उखुको मूल्यको लागि कडा संघर्ष गरेको बताउनुभयो । किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गर्नुभयो । विक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन अनुरोध गर्दै बढ्दो रासायिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको संक्रमण बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिनुभयो ।
उहाले कृषिमा यान्त्रिकिकरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यानदिनुपर्ने औंल्याउनुभयो ।
तिमिल्सिनाले किसान महासंघको महाधिवेशन जुनसुकै हालतमा हुने दाबी गर्नुभयो । नेपाली कांग्रेसले अधिवेसन गर्न भनेमा आजको ३०–३५ दिन भित्र अधिवेसन गर्न आफू तयार रहेको बताउनुभयो । महासंघ र राष्ट्रिय किसान सञ्जालको आफूले नेतृत्व गरिसकेकाले पदको लोभ नभएको भन्दै पदको लोभमा कार्याकाल नलम्बाउने तिमिल्सिनाले बताउनुभयो । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड : ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने

Next Post ≫

सिद्धार्थनगरमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड हुदैं

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क