Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड : ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड : ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0
बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड : ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने
160
SHARES
ShareTweet

बुटवल । बुटवलमा यही पुस १६ गते मंगलबारदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
नगर खेलकुद विकास समिति बुटवलले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी यही पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले देशभर नयाँ सन्देश दिने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा,स्वास्थ्यसँगै खेलकुदका माध्यमबाट पनि बुटवललाई चिनाउने उद्देश्यले उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा उल्लेख्य बजेट छुट्टयाएको बताउंदै नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्य रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासहित नगरमा सञ्चालन हुने अन्य खेलकुद प्रतियोगिताका लागि पर्याप्त बजेट छुट्टयाइएको भन्दै प्रमुख पाण्डेयले प्रतियोगिताहरू भब्य र सभ्य रूपमा सम्पन्न गर्न बजेटको कमि हुन नदिने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।
आफ्नो कार्यकालमा जवई खेलमैदान सहित चारवटा खेलमैदानलाई राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने गरी स्तरोन्नतीको काम भइरहेको जानकारी गराउदै नगर प्रमुख पाण्डेयले शिक्षा र स्वास्थ्य सहित खेलकुदको माध्यमबाट पनि बुटवललाई चिनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल,छात्र÷छात्रा कबड्डी, छात्र÷छात्रा कराते,तेक्वान्दो र एथलेटिक्स प्रतियोगिता हुने जानकारी दिनुभयो ।
प्रतियोगितामा नगर भित्रका ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने पनि अध्यक्ष पियाले जानकारी गराउनुभयो ।
रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत बिभिन्न बिधामा प्रथम, द्धित्तीय र तृतिय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगद पुरस्कार,शिल्ड,प्रमाण पत्र,मेडल प्रदान गरिने नगर खेलकुद विकास समितिका सदस्य लालहरी पाण्डेले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई

Next Post ≫

कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सिना 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क