Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति कानुनलाई परिमार्जन गर्नुपर्ने सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति कानुनलाई परिमार्जन गर्नुपर्ने सुझाव

संसारपोस्ट संवाददाता · १५ मंसिर २०८१ · 0
निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति कानुनलाई परिमार्जन गर्नुपर्ने सुझाव
100
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीका उद्योगी ब्यवसायीहरुले औद्योगिक तथा ब्यवसायिक क्षेत्रको बिकास र निजी क्षेत्रलाई चलायमान बनाउन विद्यमान नीति तथा कानुनलाई परिमार्जन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । उनीहरुले राज्यले उद्यमी ब्यवसायीहरुलाई औद्योगिक तथा लगानी सुरक्षाको प्रत्याभूति दिलाउंदै निर्यात तथा आयात प्रतिस्थापन योग्य वस्तुको उत्पादन र विविधिकरणमा जोड दिनुपर्ने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुर स्थित तिलोत्तमा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा बोल्ने उद्योगी ब्यवसायीहरुले राज्यको वार्षिक बजेट ब्यवसायमुखी नहुने, बित्तिय संस्थामुखी मौद्रिक नीति, राजनैतिक अस्थिरता, युवा बिदेश पलायन जस्ता समस्याका कारण उद्योग ब्यवसाय चलायमान हुन नसकेको गुनासो गरे ।
साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले निजी क्षेत्रको विकास विना राज्यको कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भन्दै निजी क्षेत्रलाई चलायमान र गतिशिल वनाउने दायित्व राज्यको भएको बताउनुभयो । कोभिड १९ पछि संसारकै अर्थतन्त्र मरिच जस्तै खुम्चिएको प्रसंग उल्लेख गर्दै नगर प्रमुख खाँणले उद्योग ब्यवसायलय चल्नका लागि धेरै कम्पोनेन्ट मिल्नुपर्नेमा नेपालमा सरकार र अर्थमन्त्री एकातिर राष्ट्र बैंक अर्कोतिर, भन्सार एकातिर प्रमुख जिल्ला अधिकारी अर्कोतिर, सरकार एकातिर विद्युत प्राधिकरण अर्कोतिर भएजस्तै राज्यका हरेक निकाय एक अर्काको विपरित भएका कारण उद्योग ब्यवसाय सफल, गतिसिल र चलायमान हुन नसकेको बताउनुभयो ।
नेपाली उद्योग ब्यवसाय आफ्नो परिवारको सदस्यमा हस्तान्तरण र पुस्तान्तरणको समस्या रहेका कारण पनि उद्योग ब्यवसाय चलायमान हुन नसकेको भन्दै प्रमुख खाँणले तिलोत्तमाको उद्योग ब्यवसायलाई चलायमान बनाउनका लागि तिलोत्तमा नगरपालिका निजी क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योग ब्यवसाय चलेन भन्ने मानसिकताका कारण उद्योगी ब्यवसायीहरु धेरै हतोत्साहित भएको भन्दै स्थानीय पालिकाले उद्योगी ब्यवसायीको मनोवल उचो वनाउन स्थानीय पालिकाले ब्यवसायीसंग लिने गरेको ब्यवसायीक कर मिनाह गरेर भए पनि मनोवल उठाउन आग्रह गर्नुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले नेपालको अर्थतन्त्र, उद्योग ब्यवसाय विषम परिस्थिति बाट गुज्रिरहेको अवस्थामा आगामी दिनमा सुधार आउंछ भन्ने आशा र अपेक्षा सहित आफ्नो पेशा ब्यवसायलाई जगेर्ना गरेर अगाडी बढ्न आग्रह गर्दै स्थानीय प्रशासनले भरपर्दो शान्ति सुरक्षाको ब्यवस्था गर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजुले अस्थिर राजनीतिका कारण मुलुकको उद्योग ब्यवसायले गतिलिन नसकेको भन्दै बुटवल नारायणगढ सडकको दुरावस्थाका कारण उद्योगको लागत बढ्न गएकोले तत्काल सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले कोभिड पछाडी धरासायी भएको उद्योग ब्यवसायमा केही सुधारका संकेत देखा परेको भन्दै उद्योग ब्यवसायको संरक्षणका लागि भन्सार तथा कर प्रशासन उद्योगी ब्यवसायीसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा भएको साधारण सभामा, संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी (माधव), सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, तिलोत्तमा च्याम्वर अफ कमर्सका अध्यक्ष नेत्र न्यौपाने, नेकपा एकिकृत समाजवादी तिलोत्तमा नगर अध्यक्ष रामचन्द्र भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष सूरज पँगेनी, वाणिज्य उपाध्यक्ष विष्णु भण्डारी, महासचिव राजकुमार पाण्डेलगायतले उद्योग ब्यवसाय क्षेत्रका समस्याका बारेमा चर्चा गर्नुभएको थियो ।
साधारण सभाले अध्यक्ष र महासचिवको वार्षिक तथा कोषाध्यक्ष टिकाराम भण्डारीको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको उद्योग उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले जानकारी गराउनुभयो ।

≪ Previous Post

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारण सभा : राज्य पक्ष जिम्मेवार नहुदा यातायात व्यवसायी विस्थापित

Next Post ≫

रोटरी चौतारीमा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क