Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

संसारपोस्ट संवाददाता · १३ मंसिर २०८१ · 0
औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता
90
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ ।
कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य संघले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवद्र्धनका लागि अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिईएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक मोहमद याकुवले जानकारी गराउनु भयो ।
यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा कृषिजन्य बस्तुका स्टललाई प्राथमिकताका साथ विशेष छुट प्रदान गरिएको छ । कृषिमा व्यवसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिबृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा आधारित कपडा ९अल्लो०, कृषि औजार कृषि प्रविधि, हलो उन्नतीकरण लगायत स्थानीय उत्पादन समावेश गरिने छ ।
त्यसैगरी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सामुहिक कृषि सूचना केन्द्र रहनेछ । त्यसैगरी कृषिमा डिजिटल विकासका बारेमा समेत जानकारी गराउने गरी कार्यक्रम तय गरिएको छ । मेलामै कृषिसंग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिने मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले बताउनु भयो ।
१६ दिनसम्म चल्ने मेलामा कृषिसंग सम्बन्धित डेरी उत्पादनलाई पनि प्राथमिकता दिईनेछ । डेरीजन्य उत्पादनका विविधिकरण खिर, कुरौनी, कपि लगायतका परिकार राखिने बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले जानकारी गराउनु भयो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा कृषि सहित सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटल समेत गरी करिव ५ सय स्टल सहभागि गराईने कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ् समितिका समन्वय कर्ता सुरज भट्टराईले जानकारी गराउनु भयो ।

≪ Previous Post

रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ : प्रजिअ घिमिरे

Next Post ≫

रूपन्देही सुपरलिग : ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क