Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रवि लामिछानेलाई बयानका लागि आज तेस्रो पटक सरकारी वकिलको कार्यालय रुपन्देही लगियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रवि लामिछानेलाई बयानका लागि आज तेस्रो पटक सरकारी वकिलको कार्यालय रुपन्देही लगियो

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८१ · 0
रवि लामिछानेलाई बयानका लागि आज तेस्रो पटक सरकारी वकिलको कार्यालय रुपन्देही लगियो
120
SHARES
ShareTweet

भैरहवा । सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रोपटक बयानका लागि भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।
बिहीबार बिहान प्रहरीको कडा सुरक्षाबीच रविलाई सरकारी वकिल कार्यालय लगिएको हो । मंगलबारदेखि रविको सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान भइरहेको छ । आज तेस्रो दिन पनि रविको बयान हुने जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेलाई दुई दिनसम्म जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको थियो । आज बयान सक्ने योजना रहेको प्रहरीले जनाएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट प्रहरीले मंगलबार रुपन्देही ल्याएको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान अघि बढेको हो ।

≪ Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान शुरु

Next Post ≫

लुम्बिनीमा हुने जागरण सभामा २० हजार बढी जनता उतार्ने नागरिक बचाउ महाअभियानको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क