Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी विकास कोषले रकम भुक्तानी नगरेको भन्दै निर्माण ब्यवसायीको जिल्ला प्रशासनमा धर्ना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी विकास कोषले रकम भुक्तानी नगरेको भन्दै निर्माण ब्यवसायीको जिल्ला प्रशासनमा धर्ना

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0
लुम्बिनी विकास कोषले रकम भुक्तानी नगरेको भन्दै निर्माण ब्यवसायीको जिल्ला प्रशासनमा धर्ना
120
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी विकास कोषले काम सम्पन्न भएको लामो समयसम्म पनि रकम भुक्तानी नगरेको भन्दै निर्माण कम्पनीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना तथा ज्ञापनपत्र बुझाएका छन् ।

लुम्बिनी विकास गुरुयोजना अन्तर्गत गत आर्थिक वर्ष २०८०÷०८१ मा निर्माण सम्पन्न गरेको कामको झण्डै ५० करोड रुपैयाँ भुक्तानी नभएको निर्माण ब्यवसायीहरूले बताएका छन् ।

हाल लुम्बिनी भित्र गुरूयोजना अन्तर्गतका सडक, नाली, कल्भर्ट, फुटपाथ लगायत ४ अर्बको निर्माणको काम भइरहेको छ । लुम्बिनी अनक–खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभी गरी ४ वटा निर्माण कम्पनीले एक–एक अर्बको निर्माणको काम गरिरहेका छन् ।

निर्माण सम्पन्न भएको कामको लामो समयसम्म लुम्बिनी विकास कोषले रकम भुक्तानी नदिएपछि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको उनीहरूले बताएका छन् ।

लुम्बिनी अनक खड्का कृष्ण जेभीका देवराज गौतमले कोषले भुक्तानीका लागि बेवास्ता गरेपछि बाध्य भएर धर्ना दिनुपरेको बताउनुभयो । चारवटा निर्माण कम्पनीले कोषबाट १० महिना पहिले निर्माण सम्पन्न गरेको कामको करिब ५० करोड रूपैयाँ भुक्तानी पाउन नसकेको उहांको भनाइ छ ।

उहांले लुम्बिनी अनक खड्का कृष्ण जेभीको मात्रै १८ करोड रुपैयाँ भुक्तानी नभएको बताउनुभयो । गत आर्थिक वर्षमा सम्पन्न भएको कामको समेत भुक्तानी नभएपछि निर्माणको कामलाई अगाडि बढाउन समस्या भएको उहांको भनाइछ ।

निर्माण क्षेत्रको भुक्तानीमा सरकारले केही ढिलाई गरेको भएपनि अर्थ मन्त्रालयले २० दिन पहिले नै ४४ करोड रुपैयाँ कोषको खातामा पठाइसकेको छ । तर कोषका पदाधिकारीले विभिन्न बहाना बनाएर भुक्तानी गर्न आलटाल गरिरहेको गौतमको गुनासो छ ।

यसअघि नै कोषका उपाध्यक्ष, सदस्य सचिव, परियोजना प्रमुखसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री र संस्कृति, पर्यटन र नागरिक उड्यन मन्त्रीलाई समेत ध्यानाकर्षण पत्र बुझाए पनि भुक्तानीका लानि आलटाल गरेपछि बाध्य भएर धर्ना बस्नुपरेको निर्माण ब्यवसायीको भनाइ छ ।

कोषको आन्तरिक विवाद र पदाधिकारीहरूको लापरबाहीका कारण आफूहरूको भुक्तानीमा ढिलाइ भइरहेको गौतमले बताउनुभयो । आफूहरूले पाउनुपर्ने रकम भुक्तानी नभएसम्म निर्माणको बाँकी कामलाई अगाडि नबढाउने, त्यसले गुरूयोजनाको निर्माणको अवधि र लागत बढ्ने उहांले चेतावनी दिनुभयो ।

सरकारको ठेक्का ऐन अनुसार, परामर्शदाताले प्रमाणित गरेको रकम एक महिनाभित्र भुक्तानी गर्नुपर्ने कानुनी प्रावधान छ । यदी भुक्तानी समयमा नदिएमा व्यवसायीहरूले ५ प्रतिशत ब्याज दाबी गर्न पाउँछन् ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कोषका सदस्य सचिव र कोषाध्यक्षलाई फोन गरेर निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम भुक्तानीका लागि आग्रह गरेको बताउनुभयो ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले पनि अर्थबाट ढिलो गरी रकम निकासा भएको र परिषद् बैठक बस्न ढिलाइ भएकाले भुक्तानीमा पनि ढिलाइ भएको जानकारी गराउनु भयो ।

≪ Previous Post

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

Next Post ≫

रुपन्देहीका वरिष्ठ पत्रकार कार्कीको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क