Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.द्वारा मृतक ब्यबसायीका परिवारलाई १७ लाख प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.द्वारा मृतक ब्यबसायीका परिवारलाई १७ लाख प्रदान

संसारपोस्ट संवाददाता · २५ श्रावण २०८१ · 0
पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.द्वारा मृतक ब्यबसायीका परिवारलाई १७ लाख प्रदान
110
SHARES
ShareTweet

बुटवल । दुर्घटनामा परी निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई पश्चिम नेपाल बस प्रा.लि.बुटवलले बिमा रकम वापत १७ लाख रुपैयाँ प्रदान गरेको छ ।
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले शेयर सदस्य लु १ ख ८७८७ नम्बरका गाडी धनी भैरहवा निवासी जानकी देवी पाण्डेको परिवारलाई सो रकम प्रदान गरेको हो ।
प्रा.लि.ले एक कार्यक्रमका बिच मृतक पाण्डेका छोराहरु अखिलेश कुमार पाण्डे र कमलेश कुमार पाण्डेलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
यति ठुलो रकम राहत वापत ब्यबसायीको परिवारलाई प्रदान गरिएको पहिलो पटक भएको प्रा.लि.ले जनाएको छ । आफ्नै घरको छतबाट खसेर गम्भिर घाईते भएकी सिद्धार्थनगर ३ भैरहवा निवासी पाण्डेको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेजमा निधन भएको थियो ।
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का शेयर सदस्य समेत रहेकी पाण्डेको निधन पश्चात मृतकका परिवारलाई ब्यबसायी कल्याणकारी कोष मार्फत २ लाख रुपैयाँ र बिमा वापतको १५ लाख गरि कुल १७ लाख रुपैयाँ प्रदान गरिएको अध्यक्ष दधिराम खरेलले बताउनुभयो ।
अध्यक्ष खरेलका अनुसार कुल २२ सय २ शेयर सदस्य रहेको प्रा.लि.ले ब्यबसायीको निधन पछि परिवारलाई राहत होस भन्ने उद्देश्यले ब्यबसायीहरुको २२ लाखसम्मको बिमा तथा राहत रकमको ब्यबस्था संस्थाले नै गरेको छ । बस ब्यबसायी प्रा.लि.ले स्थापना गरेको सहकारी मार्फत आफ्ना शेयर सदस्यहरुको ब्यबसायिक सुरक्षा र सदस्यका परिवारहरुको हकहितका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले बिशेष ब्यबस्था गरेको अध्यक्ष खरेलले बताउनुभयो ।
आफ्ना सदस्य ब्यबसायीहरुको पेशागत सम्मान र हकहित संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले पछिल्लो समय मरणोपरान्त समेत परिवारलाई रकम प्रदान गर्दै आईरहेको छ । ब्यबसायीका साथै परिवारको जिवनयापनमा समेत सघाउ पुराउने उद्देश्यले सहकारी मार्फत रकम बितरण गर्ने ब्यबस्था गरिएको प्रबन्ध संचालक रामचन्द्र भुसालले बताउनुभयो ।

≪ Previous Post

शिक्षिका पौडेलको परिवारलाई शान्ति नमुनाले गर्यो आर्थिक सहयोग

Next Post ≫

शान्ति नमुनाका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क