Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान

संसारपोस्ट संवाददाता · २० असार २०८१ · 0
तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान
110
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९ मंगलापुर स्थित तिलोत्तमा उद्योग वाणिज्य संघले दशौं स्थापना दिवस मनाएको छ ।

२०७१ साल असार १८ गते स्थापना भएको संघले सम्मान तथा स्वागत कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा संघले संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी(माधव)लाई संघको स्थापना कालदेखि हालसम्म संस्थागत विकास, संस्थागत सम्वन्ध विस्तार र ब्यवसायिक हकहितको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरेको छ ।

यस्तै स्तरोन्नति भई प्रहरी निरीक्षकको दरवन्दी कायम भएको ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीलाई संघले सम्मान सहित स्वागत गरेको छ ।

स्थापना दिवस समारोहमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख तथा संघका प्रमुख सल्लाहकार रामकृष्ण खाँणले तिलोत्तमा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु आत्मविश्वासका साथ अगाडी बढेकाले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नुका साथै ब्यवसायीहरुको हकहित, क्षमता बृद्धि र सुरक्षाका क्षेत्रमा धेरै राम्रो काम गर्न सफल भएको बताउनु भयो । उद्योग वाणिज्य संघ विशुद्ध ब्यवसायिक हकहित र उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको संस्था भएकाले उद्योग वाणिज्य संघको सदस्य हुनु आफैमा गर्वको विषय हो खाँणले भन्नुभयो । उहांले तिलोत्तमा नगर क्षेत्रको वजार अनुगमन, ब्यवसायीको क्षमता अभिबृद्धि तथा ब्यवसाय प्रवद्र्धनका हरेक कार्यक्रम तिलोत्तमा उद्योग वाणिज्य संघको नेतृत्वमा हुनुपर्ने र यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

संघका संस्थापक तथा निवर्तमान अध्यक्ष गुणनिधि भण्डारी(माधव)ले तिलोत्तमा उद्योग वाणिज्य संघ कुनै पार्टीगत संस्था नभएर विशुद्ध ब्यवसायीहरुको हकहित, क्षमता बृद्धि र उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको संस्था भएकाले ढुक्क भएर संघको सदस्य बन्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

संघका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीले संघलाई यहांसम्म ल्याउन अग्रजहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै संघको भावी कार्यदिशा, लक्षप्राप्ती, संस्थागत विकास र ब्यवसायिक हकहितका क्षेत्रमा काम गर्न सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो । उद्योगी ब्यवसायीले राज्यलाई विभिन्न ३८ वटा शिर्षकमा कर तिरेपनि राज्यले जहिले पनि उद्योगी ब्यवसायीलाई उपेक्षा गरेर उद्योग ब्यवसाय नै वन्द गर्ने परिस्थिति निर्माण गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सूरज पंगेनीले राज्यका कुनै पनि नीति नियम र कानुन उद्योग ब्यवसाय मैत्री नभएर भएका उद्योग ब्यवसायलाई धरासायी बनाउने खालका भएकाले यसका विरुद्ध सबै उद्योगी ब्यवसायी एकजुट भएर लागनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

कार्यक्रममा संघको बिधान अनुसार कार्यसमितिले सदस्यमा मनोनित गरेका ७ जना कार्यसमिति सदस्य मानार्थ सदस्य हरिलाल पाण्डे, संवद्ध सदस्य गोविन्द भुसाल, एशोसिएट सदस्य चन्द्र कुमार दुवे, महिला सदस्य बसुन्धरा पंगेनी, खुल्ला सदस्य गंगाधर अधिकारी, गोपाल सुवेदी र ऋषि सुवेदी लगायतलाई संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले सपथ ग्रहण सहित पदस्थापन गराउनु भएको थियो ।
यस्तै कार्यसमितिले मनोनित गरेका प्रमुख सल्लाहकार रामकृष्ण खाँण, वरिष्ठ सल्लाहकार बालकृष्ण भुसाल सहित १७ सदस्यीय सल्लाहकारहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

सो अवसरका संघका संस्थापक सल्लाहकार कृष्णप्रसाद पौडेल, कृष्णबहादुर गौतम, प्रहरी निरीक्षक सुनिल थापा नेपाली, संघका वाणिज्य उपाध्यक्ष विष्नु भण्डारी, महासचिव राजकुमार पाण्डेलगायतले बोल्दै संस्थागत विकास र ब्यवसायिक हकहितका क्षेत्रमा संघले धेरै राम्रो काम गरेको भन्दै संघका रचनात्मक क्रियाकलाप र गतिविधिमा सबैको साथ सहयोग जरुरी रहेको धारणा राख्नुभयो ।

≪ Previous Post

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखामा युनियनको धर्ना

Next Post ≫

चक्कु प्रहार गरी बुटवलमा युवा संघका नेताको हत्या : कारबाही गर्न युवा संघको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क