Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुटवल–मुक्तिनाथ धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई बिदाई
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल–मुक्तिनाथ धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई बिदाई

संसारपोस्ट संवाददाता · १० बैशाख २०८१ · 0
बुटवल–मुक्तिनाथ धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई बिदाई
70
SHARES
ShareTweet

बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई सोमबार (आज) एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गर्नुभयो ।
बुटवल १२ स्थित स्वामिनारायण मुक्तिनाथ धामदेखि कालिगण्डकीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन र दर्शन सहित पवित्र धार्मिक पर्यटकिय स्थल मुस्ताङको मुक्तिनाथ दर्शन गर्न बुटवलबाट १ सय ५० जनाको टोलि मुक्तिनाथ प्रस्थान गरेको हो । मुक्तिनाथ धामका गुरु स्वामी लोकानन्द जी महाराजको नेतृत्वमा धार्मिक पर्यटकीय यात्रा शुरु गरिएको छ ।
धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई सोमबार विहान विदाई गर्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचारप्रसार गर्ने र बुटवललाई विश्रामस्थलको रुपमा विकास गर्ने धार्मिक पर्यटकीय यात्राको उद्देश्य रहेको बताउनु भयो ।
यो यात्राले बुटवलमा आउने पर्यटकको संख्या वृद्धि गर्ने, बुटवलको मुक्तिनाथधाम र अरू धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको प्रवद्र्धनमा मद्धत गर्ने प्रमुख पाण्डेले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कोरला नाकादेखि लुम्बिनीको यात्रा गर्न नेपाली सहित चिनीया पर्यटकलाई समेत प्रोत्साहित गर्ने उद्देश्य रहेको उहाँको भनाई छ ।

≪ Previous Post

अदालतबाट कैद सजाय भई फरार भएका विभिन्न मुद्धाका ७ जना पक्राउ

Next Post ≫

कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क