भैरहवा । रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले बिभिन्न मुद्धामा कैद सजाय भई फरार भएका ७ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरेको छ ।
प्रहरीका अनुसार २०७१ साल चैत १९ गतेको फैसलाले चोरी मुद्धामा १ महिना कैद र ६ हजार ९६० रुपैयाँ जरिवाना फैसला भएका कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने प्रेम सागर यादव, २०६७ साल मंसिर २९ गतेको फैसलाले कुटपिट लुटपिट मुद्धामा ४ सय रुपैयाँ जरिवाना फैसला भई फरार भएका कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने मंगरे लोध र कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने दुबर लोधलाई पक्राउ गरिएको हो ।
यस्तै ०६७ साल मंसिर २९ गतेको फैसलाले कुटपिट लुटपिट मुद्धामा ४ सय रुपैयाँ जरिवाना फैसला भएका कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने राजमति लोध, कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने चम्पा लोध, कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने प्रेमा लोध र कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने आसरे लोधलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।