वैशाख । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुल (प्लस टु)मा सोमबार विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ को बोर्ड परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामनासहित विदाई गरेका हुन् ।
कार्यक्रममा अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमबहादुर थापाले कक्षा १२ को बोर्ड परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितका अध्यक्ष अध्यक्ष राजेन्द्रप्रसाद ध्वंजुले दीप प्लस टुको शैक्षिक गतिविधिमा योगदान गर्ने शिक्षक र कर्मचारीहरूलाई धन्यवाद दिँदै कक्षा १२ का विद्यार्थीहरूले सफलताका लागि समयको सही सदुपयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले पढाइसँगै सिकाइ र व्यवहारोपयोगी सिपयुक्त संस्कारको आवश्यकता पर्ने बताउनुभयो । विज्ञान सङ्काय संयोजक कमल नेपालले विद्यार्थीहरू परीक्षामा आत्तिन नहुने र उपलब्ध समयलाई अवसरका रूपमा लिई सबै समय पढाइमा खर्चिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा २ वर्षभन्दा बढी दीप बोर्डिङको प्लस टुमा अध्यापन कार्य गर्नुभएका शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०८० मा सञ्चालित खेल सप्ताहमा क्रिकेट, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, फुटवल, दौडलगायत खेलका विजेता र उपविजेतालाई मेडल प्रदान गरिएको थियो । त्यसैगरी प्लसटु खुलेको पूरै दिन विद्यालयमा हाजिर हुने, विदाई कार्यक्रममा नृत्य र भाग लिने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयको प्लस टु तर्फ बिहानी सत्रमा केवल रानाको अध्यक्षता र दिवा सत्रमा कसिस पाठकको अध्यक्षतामा गठित दीप स्टुडेन्ट क्लबका पदाधिकारीहरूलाई समेत ब्याचसहित जिम्मेबारी प्रदान गरिएको थियो ।
कक्षा ११ का विद्यार्थी केवल रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राचार्य द्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्त कुमार जोशी, प्रविणमान श्रेष्ठ, विष्णु श्रेष्ठ, कक्षा ११ र १२ का सहसंयोजक अमर खत्रीलगायतले विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा कक्षा ११ का विद्यार्थी शुभम् भुसालले स्वागत तथा कक्षा १२ की रीतिका अधिकारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
