भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा जिल्लाका बिभिन्न स्थानहरुमा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ३ लाख वढिको अवैध सामान बरामद गरेको छ ।
प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ३ लाख ३४ हजार ४०० बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा नं. २ भगदरीबाट करिव ८० किलो बराबरको माछा नियन्त्रणमा लिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मझगवा, धकधई र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट २५ पिस साडी र ८ बोरा प्याज बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनी, प्रहरी चौकी सुक्रौली आमा र कालीदहबाट खटिएको प्रहरी टोलिले जिल्लाका बिभिन्न स्थानहरुबाट जिउदो बोइलर कुखुरा ११० ओटा र मासु ३५ के.जी.नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी कालीदह, शिवपुर गोनाहा, मर्यादपुर, मिउडिहवा, मुडिला र प्रहरी विट गल्लामण्डीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट किरानाका सामानहरु, प्याज २१ वोरा, चिनी ६ बोरा, मुलाको बिउ १ बोरा, कुर्ता सुरवाल १०० पिस र प्लास्टिकको कुर्ची १६ थान नियन्त्रणमा लिएको छ ।
यस्तै प्रहरी चौकी गुलरियाबाट खटिएको प्रहरी टोलीले नेपाल बाट भारत तर्फ अबैध रुपमा चोरी तस्करी गरी लैजादै गरेको अबस्थामा ८ वटा बाख्रा नियन्त्रणमा लिएको छ ।