Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारतबाट अबैध रुपमा ल्याउंदै गरेको ३ लाख वढिको सामान प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतबाट अबैध रुपमा ल्याउंदै गरेको ३ लाख वढिको सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८० · 0
भारतबाट अबैध रुपमा ल्याउंदै गरेको ३ लाख वढिको सामान प्रहरीको नियन्त्रणमा
110
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा जिल्लाका बिभिन्न स्थानहरुमा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ३ लाख वढिको अवैध सामान बरामद गरेको छ ।
प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ३ लाख ३४ हजार ४०० बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा नं. २ भगदरीबाट करिव ८० किलो बराबरको माछा नियन्त्रणमा लिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मझगवा, धकधई र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट २५ पिस साडी र ८ बोरा प्याज बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनी, प्रहरी चौकी सुक्रौली आमा र कालीदहबाट खटिएको प्रहरी टोलिले जिल्लाका बिभिन्न स्थानहरुबाट जिउदो बोइलर कुखुरा ११० ओटा र मासु ३५ के.जी.नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी कालीदह, शिवपुर गोनाहा, मर्यादपुर, मिउडिहवा, मुडिला र प्रहरी विट गल्लामण्डीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट किरानाका सामानहरु, प्याज २१ वोरा, चिनी ६ बोरा, मुलाको बिउ १ बोरा, कुर्ता सुरवाल १०० पिस र प्लास्टिकको कुर्ची १६ थान नियन्त्रणमा लिएको छ ।

यस्तै प्रहरी चौकी गुलरियाबाट खटिएको प्रहरी टोलीले नेपाल बाट भारत तर्फ अबैध रुपमा चोरी तस्करी गरी लैजादै गरेको अबस्थामा ८ वटा बाख्रा नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

ललितपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत : सहकार्यमा जोड

Next Post ≫

‘लगानी र पर्यटनका हिसावले रूपन्देही र चिवतन मुलुककै अग्रणी’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क