Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको दरखसवामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको दरखसवामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८० · 0
तिलोत्तमाको दरखसवामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन
90
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ । क्रिकेट मैदानको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार उद्घाटन गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले मैदानमा ब्याटले बल प्रहार गरी मैदानको उद्घाटन गर्नुभएको हो ।
अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुवँरले आफ्नो निजी लगानीमा मैदान निर्माण गर्नुभएको हो । तिलोत्तमा नगरपालिका–१७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएको हो ।
क्रिकेट मैदानको पहिलो चरणको निर्माण कार्य सकिएसँगै सोमबार ‘लिजेन्ट्स कप’ आयोजना गरिएको छ । मैदान उद्घाटनका अवसरमा लिजेन्ट्स कप टी १० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको, एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा करिव दुईलाख मूल्य बराबरको अवैध सामान बरामद

Next Post ≫

एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि २०१४ विश्वकप लिजेन्ड्सलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क