भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव २ लाख मूल्य बराबरको भन्सार छलीको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा १ लाख ८२ हजार ५९२ रुपैयाँ बराबरको भन्सार छलीको अबैध सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोटहीमाई गाउँपालिका वडा नं.०५ तुनिहवाबाट प्याज ५ क्वीन्टल, हरियो मटर ४७ के.जी., आलु ३८ के.जी., तिते करेला १५के.जी., खुर्सानी १० के.जी., कागती ८ के.जी., भेण्डी ३० के.जी.,चुकन्दर १० के.जी.,रुख कटहर २६ के.जी.सामान वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं.०८ कान्छिबजारबाट प्याज २० बोरा (१० क्वीन्टल) बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा ०६ शिवपुर गोनाहाबाट लु ९ प ४६४२ न को मोटरसाइकलमा २ बोरा चिनी मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.२ किशोरपुरबाट १५ बोरा प्याज र १ बोरा हरीयो मटर नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद भएको सबै सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जनाएको छ ।