Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु : कृषिमा सोचे अनुसार प्रगति हुन नसकेको प्रदेश मन्त्री अहिरकाे भनाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु : कृषिमा सोचे अनुसार प्रगति हुन नसकेको प्रदेश मन्त्री अहिरकाे भनाई

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०८० · 0
बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु : कृषिमा सोचे अनुसार प्रगति हुन नसकेको प्रदेश मन्त्री अहिरकाे भनाई
170
SHARES
ShareTweet
बुटवलमा ।  बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो ।
यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै मन्त्री अहिरले नीति निर्माता, कर्मचारी र किसान विचकाे तालमेल नमिल्दा कृषिमा साेचेअनुसारकाे प्रगति गर्न नसकिएकाे बताउनु भयाे । उहाँले त्यसमाथि पनि दु:खले काम गरेका किसानलाई हुनुपर्ने भुक्तानी राेकिनु दु:खद रहेकाे भनाई राख्नुभयाे ।
मन्त्री अहिरले कृषि कर्म गरेका किसानलाई प्राेत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागि परेकाे बताउदै किसानलाई सम्मान भएन भने देशकाे लागि कृषि क्षेत्रकाे याेगदान बढ्नुकाे साटाे घट्दै जाने भनाई राख्नुभयाे । उहाँले कृषि व्यवसाय र उद्यममा आफ्ना छाेराछाेरीलाई प्राेत्साहन गर्न पनि आग्रह गर्नुभयाे ।
मेलाको बारेमा जानकारी गराउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले नेपालमा कुल जनसंख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको र त्यसलाई सुधार गरि राष्ट्रिय अर्थतन्त्रमा योगदानमा बढोत्तरी गर्नको लागि कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणको लागि मेला आयोजना गरिएको बताउनु भयो ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कृषिकाे व्यवसायिक विकास र आधुनिकिकरणमा बुटवल उद्याेग वाणिज्य संघकाे प्रशंसा गर्नुभयाे । उहाँले कृषिमा प्रसस्त सम्भावना भएपनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले त्यसबाट लाभ लिन नसकेकाे भनाई राख्नुभयाे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्थाकी कृषी सचिव डा नम्रता सिंह, नेपाल उद्याेग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पुर्वअध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्याेग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराम पाेख्रेल, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले भनाई राख्नुभएकाे थियाे ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । सोही अनुसार यो मेला आयोजना गरिएको हो ।
पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिईने छ । त्यस्तै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवद्र्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराईने छ ।
कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीको जानकारी गराईने छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि ८८ वटा स्टल राखिएको छ ।
मेलामा जिवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने छ । त्यस्तै कृषिसंग सम्बन्धित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कृषिसंग सम्बन्धित सांस्कृतिक सांगितक कार्यक्रम प्रस्तुत गरिने छ ।
त्यसैगरी मेलामा भोली ११ र पर्सि १२ गते दुई दिन बाली परीक्षण शिबिर राखिने छ भने भोलीदेखि नै तीन दिन माटो परीक्षण शिबिर सञ्चालन गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । निशुल्क प्रवेशको व्यवस्था मिलाईएको मेलामा २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

≪ Previous Post

साई ग्लोबल कपः लीलाराम र होराइजन जीवीएस विजयी

Next Post ≫

सकियो राष्ट्रिय प्राङ्गारिक कृषि मेला : पन्ध्र हजार उपभोक्ताले गरे अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क