Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरस्वती स्कुलमा वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरस्वती स्कुलमा वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०८० · 0
सरस्वती स्कुलमा वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न
70
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नंंं. १४, रेहरामा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा बुधबार ४५ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०७९ का कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, विद्यालयमा सर्वोत्कृट हुने विद्यार्थी, विद्यालय खुल्दा पूर्ण हाजिर भएका विद्यार्थी तथा अनुशासन र सरसफाईमा अब्बल ठहरिएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा अक्षषकोष प्रदान गर्ने राधा भुसाल, केशव बेलबासे, पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनेश बनियाँ र पूर्व प्रधनाध्यापक एवम् विद्यालय ब्यवस्थापन समिति अध्यक्ष स्व. दशरथ केवटको सम्मानार्थ उहाँकी धर्मपत्नी आरती केवट, शिक्षक यमबहादुर खड्का, कन्याकुमारी थारु र कर्मचारी बेचन केवटलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी शैक्षिक सत्र २०८० मा विद्यालयमा नियुक्त हुनुभएका शिक्षक पुरुषोत्तम पाण्डेय, कमला पौडेल, अनिता थापा र रिनु थारुलाई टीका र खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा ४५ औँ वार्षिकोत्सवको अवसर पारेर गरिएको खेल सप्ताहमा सञ्चालित तातो आलु, कुर्सी दौड, सियो धागो, मिठाई दौड, १०० दौड, २०० मि. दौड, अन्तरसदनात्मक भलिबल, क्रिकेट, हाजिरी जवाफ, बोरा दौड र गणित दौडमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री तथा खेलकुद सामग्री प्रदान गर्ने किवानिज क्लब अफ रुपन्देही र १ थान फाइल दराज उपलब्ध गराउने रोटरी क्लब अफ रुपन्देहीलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले तिलोत्तमाको समग्र शैक्षिक विकासमा नगरपालिका लागिपरेको बताउँदै खाजा कार्यक्रममा कक्षा ५ सम्म नगरपािलकाबाट प्रतिविद्यार्थी रु. १० थप गरिएको र कक्षा ६ का लागि समेत खाजा कार्यक्रम सञ्चालन गरेकोे बताउनु भयो । यस क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयहरूमा कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला निर्माण गरिरहेको उहांले बताउनुभयो । विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन गर्दै उहाँले त्यसैको निरन्तरता स्वरुप सरस्वती आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाका लागि बजेट प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा वडा नं १४ का वडा अध्यक्ष अश्विन पौडेलले वडा नं. १४ को शैक्षिक सुधार र उन्नतिका लागि विद्यालयका गतिविधिलाई नजिकबाट नियालेको तथा विद्यार्थीको पढाइ स्तर उकास्न शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र व्यवस्थापन समिति आआफ्नो क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।
वडा नं. १३ अध्यक्ष नारायण ढकालले शिक्षाको क्षेत्रको विकासका लागि सबै लाग्नुपर्ने बताउँदै आगामी दिनमा विद्यालयले उत्तरोत्तर प्रगति गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समयमायी टोल विकास संस्थाका अध्यक्ष मोहन सुवेदी, टिकुलीगढ शैक्षिक मञ्चका अध्यक्ष श्यामलाल खरेल, जनता मा.वि.का प्रअ प्रचण्ड जिसी, विद्यालय शैक्षिक सुधार समितिका संयोजक दयाराम कश्यप, टिकुलीगढ मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलपति कँडेल, बाउन्न कोटी सामुदायिक वनका महासचिव दिनेश अर्याल, भूतपूर्व वि.व्य.स. अध्यक्ष तथा सल्लाहकार समिति सदस्य लक्ष्मण सुवेदी लगायतले शुभकामना मन्तव्य, विद्यालयकी प्रधानाध्यापक कमला शर्मा गौतमले विद्यालयको प्रगति प्रतिवेदन र विद्यालयका शिक्षक यामबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो भने शिक्षिका द्वय ममता पौडेल, भागिरथी चौधरी, राधा भुसाल र सुष्मा बनियाँले कार्यक्रम व्यवस्थापनमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बाल क्लबका अध्यक्ष कृष्ण केवट र सदस्य अञ्जली थारुले शिक्षाका सम्बन्धमा कविता, पार्वती केवट र कृष्ण केवटले रामायण वाचन, रुपा केवट, सुमित पुन, पार्वती केवट, अञ्जली थारु, कृष्ण केवटले स्वागत गीत प्रस्तुत गरेका थिए भने रिनु थारु र कन्याकुमारी थारुको संयोजनमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

≪ Previous Post

बुटवल मेयर कप फुटबलको फाइनलमा अक्सफोर्ड र नवीन मावि भिड्ने

Next Post ≫

दीप बोर्डिङमा दीप बाल उद्यानको उद्घाटन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क