Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कसैको दवावमा नपरी अनुसन्धान गर्न उद्योग ब्यापार महासंघको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कसैको दवावमा नपरी अनुसन्धान गर्न उद्योग ब्यापार महासंघको माग

संसारपोस्ट संवाददाता · २२ माघ २०८० · 0
कसैको दवावमा नपरी अनुसन्धान गर्न उद्योग ब्यापार महासंघको माग
90
SHARES
ShareTweet

बुटवल । नेपाल उद्योग ब्यापार महासंघले सरकार मातहतमा रहेका जग्गा व्यक्तिको नाममा बनाएको घटनामा भइरहेको अनुसन्धानमा कसैको दवावमा नपर्न सरकारलाई आग्रह गरेको छ ।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेका व्यक्तिका विषयमा उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संस्थाले सरकारको आलोचना गरिरहेका बेला नेपाल उद्योग ब्यापार महासंघले सरकारको कदम सही भन्दै कसैको दबाबमा नपरी स्वतन्त्र र निष्पक्ष ढंगले छानवीन अघि बढाउन माग गरेको हो ।
महासंघका अध्यक्ष खिमलाल भण्डारीले विज्ञप्ति जारी गर्दै राज्यको सम्पत्तिमाथि कमजोर कानूनको फाइदा उठाई सीमित व्यक्तिको स्वार्थका लागि गलत नियतका साथ कानून प्रतिकूल निर्णय गराई कसैको पक्षमा बनाइदिने घटना निरन्तर उजागर भइरहेका भन्दै यस्ता घटनामा संलग्न सरकारी कर्मचारी, सम्बन्धित व्यक्ति वा संस्था जो कोहीमाथि अनुसन्धान गरी दोषी पाइए जो कोहीलाई कानून वमोजिम कारवाही गर्न माग गर्नुभएको छ ।
राष्ट्रिय पुंजी, स्वदेशी उद्योग व्यवसायको विकास, संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै हरेक किसिमका अवैध कारोबार,चोरी निकासी,भ्रष्टाचार र कालोबजारी जस्ता गतिविधिलाई निर्मूल पार्नुपर्ने मान्यतामा महासंघ रहेको भन्दै देशमा लामो समयदेखि ब्यापकरुपमा मौलाएको भ्रष्टाचार,तस्करी,विभिन्न खाले अवैध गतिविधि नियन्त्रण गर्न र राज्यको नियम कानून अनुसार स्वच्छरुपले आफ्नो उद्योग व्यवसाय गरेका व्यवसायीलाई उच्च मनोबलका साथ उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन पनि महासंघले विज्ञप्ती मार्फत सरकारसंग माग गरेको छ ।

≪ Previous Post

शान्ति नमुना माविको वार्षिकोत्सवमा खेल सप्ताह शुरु

Next Post ≫

बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने, २८ विद्यालय सहभागी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क