Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुल्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुल्यो

संसारपोस्ट संवाददाता · १८ माघ २०८० · 0
टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुल्यो
60
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्टको क्यासिनो सञ्चालनको बाटो खुलेको छ । पाँचतारे होटल टाइगर प्यालेसमा रहेको क्यासिनोको सञ्चालनका लागि बाँकी तिर्नुपर्ने बक्यौता होटलले तिरेपछि क्यासिनो सञ्चालनको बाटो खुलेको हो ।
टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रा.लि.ले २५ करोड ६० लाख रुपैयाँ बक्यौता बुझाएको हो ।
बक्यौता बुझाएसँगै टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुलेको पर्यटन विभागका निर्देशक कालिबहादुर भुजेलले जानकारी दिनुभयो । निर्देशक भुजेलले भन्नुभयो–‘टाइगर प्यालेसको लागि २५ करोड ६० लाख बुझाएर नविकरण गर्नुभएको छ । हिजोको मिति (बुधबार) बाट उहाँहरुले नविकरण पत्र प्राप्त गर्नुभएको छ । अब क्यासिनो सञ्चालन गर्न सक्नुहुन्छ ।’
एसएसचलएल म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.ले २०७७ ÷७८ देखि बक्यौता तिरेको थिएन । एसएचएल कम्पनि पनि आफूहरुले लिएको र कम्पनी मार्फत बक्यौता बुझाएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो । एसएचएल कम्पनीले काठमाडौँ सांग्रीला होटलमा समेत क्यासिनो सञ्चालन गर्दै आएको थियो । संग्रीलाको लागि २५ करोड ९० लाख रुपैयाँ बैंक ग्यारेण्टी बुझाएको पर्यटन विभागले जनाएको छ ।
बक्यौता बुझाएपछि टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्ने बाटो खुलेको र अब छिट्टै क्यासिनो सञ्चालन गरिने टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो । ‘फेबु्रअरी १४ देखि क्यासिनो पुन सञ्चालनको तयारी गरिरहेका छौं ।’ उहांले भन्नुभयो ।
टाइगर प्यालेस होटल विगतमा अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले चलाएको थियो । कोभिड लगायतका विभिन्न कारणले रिसोर्ट लामो समय संकटमा थियो । केही महिना टाइगर प्यालेसको स्वामित्व अमेरिकामा रहेका नेपालीहरुको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरि सञ्चालन गरेको हो ।

≪ Previous Post

हिउदे अधिबेशलाई कानुन निर्माणको अधिबेशनका रुपमा अगाडी बढाइन्छ : कानुनमन्त्री गुरुङ

Next Post ≫

भारतबाट अबैधरुपमा ल्याउँदै गरेको ६ क्वीन्टल मरेको माछा बुटवलमा बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क