Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हिउदे अधिबेशलाई कानुन निर्माणको अधिबेशनका रुपमा अगाडी बढाइन्छ : कानुनमन्त्री गुरुङ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हिउदे अधिबेशलाई कानुन निर्माणको अधिबेशनका रुपमा अगाडी बढाइन्छ : कानुनमन्त्री गुरुङ

संसारपोस्ट संवाददाता · १८ माघ २०८० · 0
हिउदे अधिबेशलाई कानुन निर्माणको अधिबेशनका रुपमा अगाडी बढाइन्छ : कानुनमन्त्री गुरुङ
110
SHARES
ShareTweet

बुटवल । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले टिआरसी विधेयक भए सहमतिमा र नभए प्रक्रियाबाट टुंगो लगाउने बताउनु भएको छ । उहाँले यहि माघको २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले विधेयक निर्माणको अधिवेशनको रुपमा अगाडि बढाएको बताउँदै उक्त विधेयक अधिवेशनमा टिआरसी विधेयक, प्रहरी, निजामती कर्मचारी लगायतका संविधान कार्यान्वयनसंग जोडिएका २०÷२५ वटा विधेयक पेश गर्ने तयारी भएको जानकारी गराउनु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले टिआरसी विधेयकलाई भए सर्वसहमतिबाट र नभए प्रकृयाबाट टुंगो लगाउने सहमति भएको पनि बताउनु भयो । उहाँले टिआरसी विधेयक र प्रहरी सम्बन्धि विधेयकलाई टुंगोमा पुर्याउनको लागि शिर्षतहमा सहमतिको प्रयास भईरहेको बताउँदै सहमति हुन नसके पनि प्रक्रियाबाट अगाडि बढाउने दावी गर्नुभयो ।
संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेक सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको बताउँदै उहाँले भन्नुभयो–‘मैले प्रमुख तीन दलका तीन नेताहरूलाई यो तपाईहरूको विषय हो भन्दै आएको छु, यसमा केही विषयमा मात्रै मतभिन्नता छ, अब टुंगोमा पुग्नुपर्छ ।’ नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरुङले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ ले गठबन्धन भित्र तरंग ल्याएपनि यसले खासै असर नपार्ने दाबी गर्नुभयो ।
उहाँले तत्काल मन्त्रिपरिषद् पुनःर्गठनको सम्भावना नरहेको पनि बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्न खोजे पनि अहिले मन्त्रीपरिषद परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताउनु भयो । नेपाल प्रेस युनियन रूपन्देहीका अध्यक्ष कविन्द्र नेपालको सभापतित्वमा भएको कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

एकिकृत जाँचचौकी (आईसीपी) आयोजना छिटो र गुणस्तरीय बनाउन पूर्व अर्थमन्त्री पौडेलको सुझाव

Next Post ≫

टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुल्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क