Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा ३ मा १०० बढी ज्येष्ठ नागरिक लाई सम्मान र स्वास्थ्य परिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा ३ मा १०० बढी ज्येष्ठ नागरिक लाई सम्मान र स्वास्थ्य परिक्षण

संसारपोस्ट संवाददाता · १६ माघ २०८० · 0
तिलोत्तमा ३ मा १०० बढी ज्येष्ठ नागरिक लाई सम्मान र स्वास्थ्य परिक्षण
120
SHARES
ShareTweet

 

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर—३ वडा कार्यालयले ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नम्बर ३ वडा कार्यालयको प्राङ्गणमा आयोजना गरिएको सम्मान  कार्यक्रममा सहभागी  ज्येष्ठ नागरिकहरुलाइ   तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेस्वर देबी चौधरी, वडाध्यक्ष कल्याण पौडेल लगायतले सम्मान गर्नु भएको थियो । सो अवसरमा  ज्येष्ठ नागरिक एक सय वर्ष पुग्नुभएकी नरिश्वर रेशमीको जन्म दिनको अवसर समेत परेकोले  सल ओढाएर सम्मान गरिएको थियो भने सोही अवसरमा वडा कार्यालय परिषरमा धुपीको बिरुवा रोपिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले  जिवनको सबै भन्दा महत्वपूर्ण पाटो भनेको स्वास्थ्य भएकाले  तिलोत्तमा ३ नम्वर वडा कार्यालयले    ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण संगै सम्मान गरेर सराहनीय कार्य गरेको भन्दै वडा कार्यालय प्रति आभार व्यक्त गर्नुभयो ।

देशका ७५३ वटा नगरपालिका मध्ये अहिले सबैको रोजाईमा तिलोत्तमा पर्नुको कारण  यस्तै ज्येष्ठ नागरिक सम्मान तथा  नागरिक पनि नगरप्रति सकारात्मक भएकाकारण  सम्भव भएको बताउदै नगर प्रमुख  खाणले तिलोत्तमावासी नागरिकहरुको दुखसुखमा नगरपालिका सधै संगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा  तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीले अझै पनि केहि ज्येष्ठ नागरिकहरु घरमा बस्न नपाएको,हेरविचार र समयमा खाना खान नपाएको भन्ने गुनासाहरु न्यायीक समितिमा आउनु दुखद भएको बताउनु भयो ।

कतिपय बुवाआमाहरु मानवसेवा आश्रममा बस्न बाध्य भएको पनि हाम्रो नगरपालिकामा देखिन्छ यस्ता विकृतिलाई न्यूनिकरण गर्दै सकारात्मक सोच र ज्येष्ठ नागरिकलाई परिवारले सम्मान गर्ने बानीको विकास गरेर सस्कारी तिलोत्तमा नगरपालिका बनाउन सबैलाई आग्रह गर्नुभयो । तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडेलले वडा कार्यालयले वडाबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण सगै उहाहरुलाइ  सम्मान गरेर उहाँहरुको परिवारलाई समेत  ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्छ भनेर  सिकाएको सन्देश दिएको बताउनुभयो ।

सो अवसरमा वडाका १०० बढी  ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सगै आवश्यक औषधि सहित नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख थानेश्वर बस्यालको संयोजनमा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर हरि पन्थि र मेलिकल अफिसर डाक्टर बिवेचना पन्थिसहितको  टिमले सम्मानित  ज्येष्ठ नागरिकको सुगर, प्रेसर, दम, थाइराइड सम्बन्धी स्वास्थ्य परिक्षण गरि तत्काल औषधी सेवन गर्नुपर्ने भएमा औषधी समेत उपलब्ध गराइएको थियो ।

यस्तै वडाले ज्येष्ठ नागरिकलाई सल ओडाएर सम्मान गर्दै उहाँहरुलाई अतिआवश्यक जिन्सी समान र यातायात खर्च समेत उपलब्ध गराएको थियो ।

तिलोमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षता,वडा सदस्य चुडा कुमारी विष्ट सिताको स्वागत तथा वडा सचिव गोकुल गिरीको संचालनमा सम्पन्न ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रमा जनप्रतिनिधि, विभिन्न राजनितिक दलका अध्यक्ष तथा प्रतिनिधि,ज्येष्ठ नागरिक,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयम सेविका, कर्मचारी स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।

 

 

≪ Previous Post

स्वर्गीय देवकोटाको परिवारलाइ तिलोत्तमा उवासंघको १ लाख १ हजार सहयोग

Next Post ≫

सहिद दिवसमा कवि तथा साहित्यकार सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क