Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओभरलोड नियन्त्रण गर्न प्रशासन र ट्रक व्यवसायी सहमत : पल्टी गर्न मिल्ने वस्तुको सूचि पेश गर्न प्रशासनको निर्देशन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओभरलोड नियन्त्रण गर्न प्रशासन र ट्रक व्यवसायी सहमत : पल्टी गर्न मिल्ने वस्तुको सूचि पेश गर्न प्रशासनको निर्देशन

संसारपोस्ट संवाददाता · १५ माघ २०८० · 0
ओभरलोड नियन्त्रण गर्न प्रशासन र ट्रक व्यवसायी सहमत : पल्टी गर्न मिल्ने वस्तुको सूचि पेश गर्न प्रशासनको निर्देशन
180
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई छुट दिदा नेपाली ट्रक यातायात ब्यवसायीहरु समस्यामा परेको भन्दै व्यवसायीले प्रशासन गुहारेका छन् ।
नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरुको पहलमा रुपन्देही प्रशासन, वेलहिया भन्सार र रुपन्देही प्रहरी सहित समस्या समाधानका लागि छलफल कार्यक्रम भएको हो ।
छलफल पछि स्थानीय प्रशासन र ट्रक व्यवसायीको सहमतिमा भारतीय सवारी साधनको ओभरलोड नियन्त्रण गर्न भारतीय गाडीमा बढि लोड गरिएको सामान झार्न मिल्ने नमिल्ने एकिन गर्न भन्सार र व्यवसायीलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल र पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले भारतबाट आउने मालवाहक ट्रकहरुले ओभरलोड सामान बोके पनि नेपाली प्रशासनले नेपाली गाडीलाई जस्तो सामान्य जरिमाना बाहेक अन्य कारवाही गर्न नसकेको भन्दै असन्तुष्टि पोख्नु भएको थियो ।
भारतीय गाडीहरुले बोक्ने ओभरलोडका कारण नेपाली ट्रक ब्यवसायी मारमा परेको र जसका कारण आफुहरुको ब्यवसाय धरापमा परेको उहांहरुको गुनासो थियो ।
स्थानीय प्रहरी प्रशासनको सहयोगमा भारतीय गाडीको ओभरलोड नियन्त्रण र बढि भएको सामान पल्टी गर्नका लागि पश्चिमाञ्चल यातायात ब्यवसायी समिति र लुम्बिनी ट्रक ब्यवसायी संघले नेपाल भारत सिमा नाका बेलहिया नजिकै १४ कठ्ठा जग्गा भाडामा लिएका छन् ।
भारतबाट माल बस्तु लोड गरी आएका ट्रकहरुलाई सोही ठाउंमा पार्क गरी ट्रकमा ओभरलोड भएको सामान त्यही पल्टि गर्ने उद्देश्य सहित जग्गा भाडामा लिएपनि प्रहरी प्रशासनले सहयोग नगर्दा यो अभियान सफल नभएको र जसका कारण नेपाली ट्रकहरु काम नै नपाएर खाली बस्नु परेको लुम्बिनी ट्रक यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णुप्रसाद खरेलले गुनासो गर्नु भयो ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनु पर्ने व्यवस्था भए पनि सो हुन नसकेको ब्यवसायीको गुनासो छ ।
निर्देशिकाको बुंदा नम्बर १० मा पनि तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना तिर्नुपर्ने र बढि भएको समान झारी सो सामान सवारी धनी आफैले भण्डारणको ब्यवस्था मिलाउनु पर्ने स्पष्ट उल्लेख गरिएको कानुन व्यवसायी अधिवक्ता महेन्द्र पाण्डेले बताउनु भयो ।
यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दश मलव ६ टन, १० चक्के ट्रकले १६ दश मलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न नपाउने ब्यवस्था छ ।
नेपालमा कुनै पनि मालबाहक गाडीले ३० टन भन्दा बढी भार बोक्न पाईदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि भारतीय मालबाहक सवारी साधनले आफ्नो क्षमता र मापदण्ड भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् ।
९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा पनि ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लएर नेपाल भरि प्रवेशको स्विकृति दिएको पाइन्छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले अहिले भन्सारमा ७० प्रतिशत औद्योगिक समान आउने र यी समानहरुलाई पल्टि गर्दा एकातर्फ नेपाली ब्यवसायीको लागत वृद्धि हुन जाने र अर्को तर्फ सामान भण्डारण गर्ने स्थानको समेत अभाव हुने जोखिमका कारण समस्या समाधानमा समस्या देखिएको बताउनुभयो । पल्टि हुन सक्ने र गर्न मिल्ने समानहरुको हकमा भैरहवा भन्सार कार्यालय सदा सकारात्मक रहेको प्रमुख भन्सार अधिकृत गौतमले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको ब्यवसायी र प्रशासन बिचको बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ओभरलोड बोकेका भारतीय गाडीबाट पल्टि गर्न मिल्ने र गर्न नमिल्ने सामान सस्ूचि सहितको विवरण बुझाउन ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल ट्रक ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको समन्वयमा बसेको बैठकमा पश्चिमाञ्चल यातायात ब्यवसायी समिति, लुम्बिनी ट्रक यातायात ब्यवसायी संघ, बाणगंगा यातायात ब्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक ब्यवसायी संघ, लुम्बिनी साना तथा मझौला ब्यवसायी समिति र ढुवानी ब्यवसायी समितिको सहभागिता रहेको थियो ।

≪ Previous Post

प्राङ्गारिक कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन

Next Post ≫

स्वर्गीय देवकोटाको परिवारलाइ तिलोत्तमा उवासंघको १ लाख १ हजार सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क