Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्राङ्गारिक कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्राङ्गारिक कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन

संसारपोस्ट संवाददाता · १५ माघ २०८० · 0
प्राङ्गारिक कृषि मेलाका लागि कार्यसम्पादन समिति गठन
70
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेलाका लागि कार्य सम्पादन समिति गठन गरेको छ ।
संघको सोमबार बसेको कार्यसमिति बैठकले आगामी फागुन १० देखि १४ गतेसम्म बुटवल मण्डपमा सञ्चालन गर्ने प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
कार्यसम्पादन समितिको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे तथा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यसम्पादन समितिको सदस्य सचिवमा महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाललाई आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेललाई समारोह व्यवस्थापन उपसमिति र सहकोषाध्यक्ष धनकुमारी खनाललाई अतिथि सत्कार तथा उपहार व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । संघका कार्यसमिति सदस्यहरु कार्यसम्पादन समितिको सदस्य रहने गरी विभिन्न विषयगत जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मुल्यांकन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न पूर्व अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा प्राविधिक सल्लाहकार उपसमिति गठन गरी उक्त समितिमा विभिन्न सरकारी निकाय, परियोजना लगायतका संघसंस्थाको प्रतिनिधित्व हुनेगरी क्रमशः थप गर्दै जाने निर्णय गरिएको छ ।
बैठकले २०८१ सालको पुस महिनामा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने समेत निर्णय गरेको छ । २०४१ सालमा पहिलो पटक औद्योगिक प्रदर्शनी गरेको संघले हालसम्म ११ औं संस्करणको औद्योगिक व्यापार मेला सम्पन्न गरिसकेको छ ।
संघको कार्यसमिति बैठकले २०८१ पुसमा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने निर्णय गर्दै आवश्यक समन्वय र अनुमतिका लागि बुटवल उपमहानगरपालिका लगायत सम्वद्ध निकायमा पत्राचार गर्ने निर्णय गरिएको महासचिव अधिकारीले जानकारी गराउनु भयो ।
बैठकबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आन्तरिक जिम्मेवारी पनि प्रदान गरिएको छ ।
त्यसैगरी बैठकले संघमा अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसंग संघमा व्यवसायिक सेवा गुणस्तर र विस्तारका लागि तीन वर्षका लागि युएसएईडिको रुफ अफ द वल्र्ड कार्यक्रम सञ्चालनको लागि भएको सम्झौता समेत अनुमोदन गरेको छ ।

≪ Previous Post

ज्योतिष शिरोमणि रिजालको वार्षिकीमा अक्षयकोष स्थापना, पुस्तक विमोचन, भोजनदान एवम् पोशाक दान

Next Post ≫

ओभरलोड नियन्त्रण गर्न प्रशासन र ट्रक व्यवसायी सहमत : पल्टी गर्न मिल्ने वस्तुको सूचि पेश गर्न प्रशासनको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क