Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा ॐ महिला तथा बाल अस्पताल उद्घाटन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा ॐ महिला तथा बाल अस्पताल उद्घाटन

संसारपोस्ट संवाददाता · ७ माघ २०८० · 0
तिलोत्तमामा ॐ महिला तथा बाल अस्पताल उद्घाटन
70
SHARES
ShareTweet

राज्यले स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्नेमा जोड
बुटवल । स्वस्थ, स्वच्छ र सभ्य समाज निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ विष्णुभक्त पथमा खुलेको ॐ महिला तथा बाल अस्पताल प्रा. लि. को उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले कुनैपनि स्वास्थ्य उपचारको अभावमा मृत्युबरण गर्नुपर्ने अबस्थाको अन्त्यकालागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जोड दिएका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक बिकास संगै मानविय बिकास जरुरी रहेकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा लगानी गरी तिलोत्तमामा मानविय विकासलाई अगाडी बढाउने रणनीतिक हिसाबले अघि बढेको बताउनु भयो ।
नगरप्रमुख खाँणले तिलोत्तमामा स्थापना भएकोे ॐ महिला तथा बाल अस्पतालले महिला र वालवालिकाको उपचारमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्दै अस्पतालको विकास र स्तरबृद्धिका लागि सहयोग गर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकामा अस्पताल खुल्नु नगरको लागि राम्रो र खुशीको कुरा हो भन्दै नगर प्रमुख खाँणले अस्पतालको समग्र सुरक्षाको जिम्मेवारी नगरपालिकाले लिने विस्वास दिलाउनु भयो । नगरपालिकामा खुल्ने तयारीमा रहेका अरु अस्पतालका लागि पनि आवश्यक सहयोग गर्न तयार रहेको भन्दै स्वास्थ्य र शिक्षामा नगरपालिकालाई अब्बल बनाउने तर्फ नगरपालिका लागेको बताउनु भयो ।
वाल स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा राज्यले गरेको लगानी कम भएको भन्दै बढाउनु पर्ने बताउनु भयो । श्रेष्ठले आमा बन्ने कारणबाट मृत्युवरण गर्नुपर्ने अबस्थाको अन्त्यको ग्यारेन्टी राज्यले लिनुपर्ने भन्दै यसमा निजी क्षेत्रको साथ र सहयोग आबश्यक रहेको बताउनु भयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शर्मिला शर्माले महिला र वालवालिकालाई लक्षित गरी अस्पताल संचालन गरिएको भन्दै अस्पतलामा आउने विरामीलाई आवशयक पर्ने रगतको ब्यवस्थापनका लागि तिलोत्तमा नगरमा ब्लड बैंकको स्थापनाका लागि पहल गर्न नगरपालिकासंग आग्रह गर्नुभयो ।
अस्पतालका प्रवन्ध निर्देशक कमला मल्ल हमालले सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि ॐ महिला तथा बाल अस्पतालको स्थापना गरेको बताउनु भयो ।
स्थानीय सरकार तिलोत्तमा नगरपालिकाबाट १५ बेड को स्वीकृति लिई २०७७ साल श्रावण ७ गते शिलान्यास गरिएको अस्पतालले २०८० साल जेठ बाट निःशुल्क सेवा र श्रावण बाट नियमित सेवा दिन शुरु गरिएको निर्देशक हमालको भनाई थियो ।
अस्पतालका अध्यक्ष शारदा तिवारीले अस्पताल निर्माण तथा संचालनको अवधिसम्म आई पुग्दा १० करोड भन्दा बढीको लगानी भएको र २५ जना शेयर सदस्य मध्ये २१ जना महिला र ४ जना मात्र पुरुष रहेको जानकारी गराउनु भयो । उहांले हालसम्म १७ सय भन्दा बढीले अस्पतालबाट स्वास्थ्य सेवा लिई सकेको जानकारी गराउंदै तिलोत्तमा नगरभित्रका विरामीलाई एम्बुलेन्स निशुल्क र शुभारम्भको अवसरमा माघ ५ देखि १२ गतेसम्म विशेष छुटको ब्यवस्था गरिएको बताउनु भयो ।
अस्पताल उद्घाटनको अवसरमा अस्पतालले ७ गते निशुल्क सुगर जांच गरेको छ भने १२ गतेसम्म ओपिडी टिकट निशुल्क गरेको छ । यस्तै प्रयोगशाला परीक्षणमा २० प्रतिसत, औषधीमा ५ प्रतिसत, क्याविनमा २५ प्रतिसत, जनरल बेडमा १० प्रतिसत, अल्ट्रासाउण्डमा १० प्रतिसत, एन आई सि यु मा १५ र हेलवडी चेकअपमा ४० प्रतिसत छुटको ब्यवस्था गरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. प्रायश्चित श्रेष्ठले हप्तामा एक दिन आफुले अस्पतालमा आउने विरामीहरुलाई निःशुल्क सेवा दिने बताउनु भयो । उहाले कुन बार दिने भन्नेबार अस्पतालको टिम संग छलफल गरेर दिन तोकिने बताउनु भयो ।
कार्यक्रममा बुटबल उपमहानगरपालिका निवर्तमान उपप्रमुख गुमादेबी आचार्य, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, अफिनका अध्यक्ष राम प्रसाद खरेल, समाजसेवी अर्जुन रानाभाट लगायतले बोल्दै निजीक्षेत्रबाट त्यो पनि महिलाको नेतृत्वमा सञ्चालनमा आएको अस्पताल अब्बल रहेको र थप सेवा बिस्तार गर्दै निजीक्षेत्रको नमुना अस्पताल बनाउन शुभकामना दिनु भयो । कार्यक्रममा अस्पतालमा पहिलो नर्मल डेलिभरी भएको बच्चालाई उपहार समेत प्रदान गरिएको थियो ।
अस्पतालका अध्यक्ष शारदा तिवारीको अध्यक्षता र संचालक दुर्गा देबी गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित

Next Post ≫

अपाङ्गता भएकाहरुलाई सियारी गाउँपालिकाले बाँड्यो साईकल, ह्वील चियर र बैशाखी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क