Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बैंक ग्यारेन्टीमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बैंक ग्यारेन्टीमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २९ पुष २०८० · 0
बैंक ग्यारेन्टीमा इन्धन उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग
80
SHARES
ShareTweet

बुटवल । रुपन्देहीका पेट्रोलयम व्यवसायीले बैंक ग्यारेन्टीमा तेल उपलब्ध गराउन सरकारसंग माग गरेका छन् । पैसा तिरे अनुसार आयल निगमबाट पुरा तेल नपाएको गुनासो गर्दै आएका पेट्रोलियम व्यवसायीले बैंक ग्यारेण्टीमा तेल नपाउंदा समस्या भोग्नु परेको गुनासो गरेका छन् ।
पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले लगानी अनुसार प्रतिफल नपाएको गुनासो गरे । पेट्रोल पम्प स्थापना गर्दा ठूलो लगानी गर्नुपर्ने र सञ्चालन गर्दा खर्च वृद्विले व्यवसायबाट विस्थापित हुने अवस्था आएको उनीहरुले बताए । पेट्रोलियम व्यवसायीले नेपाल आयल निगम भलवारी डिपोको क्षमता वृद्वि गरी २४ सै घण्टा सेवा दिन आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नगेन्द्र शाहले जहां समस्या छ, त्यहीबाट समाधान खोज्नु पर्ने र त्यसका लागि निगम व्यवसायीको साथमा रहेको बताउनुभयो । बैंक ग्यारेन्टीमा तेल पाउनु पर्ने व्यवसायीको हकमा माग ठिक भएपनि भारतबाट तेल ल्याउंदा अग्रीम नगद भुक्तानी गर्नुपर्ने भएकाले सम्भव नभएको उहांले बतथाउनुभयो । नेपाल आयल निगममा विगतको तुलनामा निकै सुधार भएको बताउंदै उहांले केही कमजोरी भए सुधार गर्ने प्रतिवद्वता जनाउनु भयो ।
लुम्बिनी प्रदेशका सांसद वैजनाथ जयसवालले नीजि क्षेत्रका व्यवसायीलाई हेर्ने आयल निगमको दृष्टिकोण ठिक नभएको बताउंदै व्यवसायीका समस्या प्रदेश सभामा उठाउने बताउनुभयो ।
नेपाल आयल निगमका वितरण विभाग निर्देशक पूर्ण रिजालले आयल निगमले व्यवसायीलाई तेल कम नदिएको दावी गर्दै विश्वास नलागे आफै आएर दाम अनुसार तेल नापेर लैजान व्यवसायीलाई आग्रह गर्नुभयो ।
रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशको कानुन कार्यान्वयनमा सम्झौता गर्न नसकिने बताउंदै जनतालाई सेवा दिने गरी व्यवसाय चलाउन आग्रह गर्नुभयो । व्यवसायीलाई कही कतै प्रशासनिक समस्या भएको भए आफु ति समस्या सुल्झाउन तयार रहेको बताउंदै व्यवसायीका समस्या आफ्नो कार्यालयबाट समाधान हुने भए आजको आजै समस्या समाधान गगरिदिने प्रमुख जिल्ला अधिकारी अर्यालले प्रतिवद्वता जनाउनुभयो ।
नेपाल आयल निगम भलवारी डिपो कार्यालय प्रमुख कमला न्यौपानेले सहज आपूर्ती र विक्री वितरणमा भएका कमजोरीलाई आयल निमगले सुधार गरेको दावी गर्दै व्यवसायलाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्वप्रसाद अर्यालले राजनीतिक नेतृत्वले नीजि क्षेत्रको समस्या बुझ्न नसक्दा समस्या भएको बताउंदै डिजेलमा लगाईएको कर घटाएर मुल्य समायोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले व्यवसायीका मागप्रति आयल निगमलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विक, नेपाल चेम्वर अफ कर्मशका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, पश्चिमाञ्चल (ट्रक) यातायात ब्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेय, ट्याङकर व्यवसायी संघ रुपन्देही अध्यक्ष राकेशकुमार कसौधन, पत्रकार दामोदर खनाललगायले बोल्दै सरकारलाई नीजि क्षेत्रका व्यवसायीका समस्या प्रति गम्भीर बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन लुम्बिनी प्रदेशका अध्यक्ष तथा पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल रुपन्देहीका पूर्व अध्यक्ष पे्रम न्यौपानेले पेट्रोलियम व्यवासायी सडकमुखी ब्यवसाय भएको बताउंदै अहिले जताततै सडक विस्तार गर्दा पम्पको अगाडी बार लगाइएका कारण व्यवसायी विस्थापित हुने अवस्था आएकाले गाडी भित्रिने र वाहिरिने वातावरणका लागि निगमले सडक विभागसंग समन्वयकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता र महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको थियो ।
उक्त साधारण सभामा एसईईमा उत्कृष्ट हुन सफल भएका पेट्रालियम व्यवसायीका ३ जना छोराछोरी र सहयोग दातालाई सम्मान गरिएको थियो भने सम्पुर्ण ब्यवसायीलाई आगो निभाउने उपकरण प्रदान गरिएको थियो । कार्यालय सचिव अर्जुन बस्यालका अनुसार संस्थाको निर्णय अनुसार व्यापार कर्पोरेशन बुटवलका अध्यक्ष स्व. देददास मानन्धरको मृत्यु भएकाले उहांको परिवारलाई पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलले राहात स्वरुप रु १ लाख आर्थिक सहयोग गरेको छ ।
साधारण सभाको बन्द सत्रले महासचिव हरिराम कसौधनको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विशाल गैरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

≪ Previous Post

वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा केन्द्रित : उपाध्यक्ष पौडेल

Next Post ≫

प्रधानमन्त्री कपः कर्णाली प्रदेश सात विकेटले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क