Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पा रिब्दिकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजको साधारण सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पा रिब्दिकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजको साधारण सभा

संसारपोस्ट संवाददाता · २९ पुष २०८० · 0
पाल्पा रिब्दिकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजको साधारण सभा
90
SHARES
ShareTweet

बुटवल । पाल्पा रिब्दिकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजले आफ्नो दोस्रो साधारण सभा विभिन्न कार्यक्रम गरि मनाएको छ । विशेष गरि पाल्पाको रिब्दिकोट १ ख्याहामा जन्म भै विभिन्न कारणले रुपन्देहीमा बसोवास गर्नेहरुबीचमा सम्र्पक आदान प्रदान, भाईचाराको सम्बन्धलाई कायमै राख्ने र आईपरेका बेलामा समाजको तर्फवाट सहयोग आदान प्रदान गर्न सहज हुने हेतुले यस्ता समाज गठन हुने गरेका छन ।
समाजले आफ्नो स्थापना पछि विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ । समाज जुन उद्देश्यले स्थापना भएको हो सोही अनुरुप अगाडी बढाउने र यस लाई राजनैतिक स्वार्थ भन्दा माथी उठेर सामाजिक काममा क्रियाशिल बनाउन प्रतिवद्ध रहेको समाजका अध्यक्ष जगदिश न्यौपानेले बताउनु भयो ।
समाजका संस्थापक अध्यक्ष तुल्सीराम पराजुलीले समाजको स्थापना ख्याहामा जन्म भै रुपन्देहीमा बसोवास गर्नेहरुका बीचमा दुःखसुख साटासाट गर्ने र सामाजिक काममा सहकार्य गरी अगाडी बढने हेतुले स्थापना भएकाले यसको मर्म अनुसार अगाडी बढाउन सुझाव दिनु भयो । संस्थापक अध्यक्ष पराजुलीले समाजमा राजनैतिक गन्ध आउन नदिन सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रिब्दिकोट १ ख्याहाका वडा अध्यक्ष चिरन्जिवी पोखरेलले आफनो जन्म स्थानलाई कसरी राम्रो बनाउने भन्ने विषय जुनसुकै स्थानमा बस्दा पनि सोच्नु पर्ने र आफ्नो जन्म स्थलको जग्गा जमिनलाई सुरक्षित रुपमा संरक्षण गर्न आग्रह गर्नु भयो । उहाँले भावनामा वगेर गरिएको विकासले गन्तब्यमा पुराउन नसकिने भएकाले साझा र सहमतिका आधारमा विकास निर्माणका कामलाई अगाडी बढाउन पर्नेमा जोड दिनुभयो ।
समाजका वरिष्ठ उपाध्यक्ष बसन्त पराजुलीले स्वागत गर्नु भएको कार्यक्रममा सललाहकार तथा मार्ग निर्देशक मेघराज न्यौपानेले समाजले गरेका कामको वारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै समाजलाई विभिन्न क्षेत्रवाट सहयोग गर्नेहरुलाई सम्मान गरिएको सल्लाहकार युवराज पराजुलीले बताउनु भयो ।

≪ Previous Post

दाङको राप्ती पुलमा बस दुुर्घटना:  मृत्यु हुनेको संख्या १२ पुग्यो

Next Post ≫

वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा केन्द्रित : उपाध्यक्ष पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क