Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘किवानिज क्लब अफ रुपन्देहीले बाँड्यो विद्यार्थीहरुलाई न्यानो पोशाक र शैक्षिक सामाग्री
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘किवानिज क्लब अफ रुपन्देहीले बाँड्यो विद्यार्थीहरुलाई न्यानो पोशाक र शैक्षिक सामाग्री

संसारपोस्ट संवाददाता · ११ पुष २०८० · 0
‘किवानिज क्लब अफ रुपन्देहीले बाँड्यो विद्यार्थीहरुलाई न्यानो पोशाक र शैक्षिक सामाग्री
110
SHARES
ShareTweet

बुटवल । ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको तिलोत्तमा १४ स्थित सरस्वती आधारभूत विद्यालयका १५० जना विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गर्दै क्लबका अध्यक्ष मनोज आचार्यले अहिले जाडोयामको समय सुरु भएकाले स–साना विद्यार्थीहरुलाई चिसोबाट जोगिन सहज होस् भन्ने उद्देश्य र उनीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नका लागि न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको बताउनु भयो । अध्यक्ष आचार्यका अनुसार सो विद्यालयमा शिशुदेखि कक्षा ७ सम्मका १५० विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा तिलोत्तमा १४ का वडाध्यक्ष अस्विन पौडेलले क्लबले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय हुन आग्रह गर्नुभयो ।
विद्यालयकी प्रधानाध्यापक कमला गौतमले आफ्नो विद्यालयलाई रोजेर पोशाक र शैक्षिक साम्रागि प्रदान गरेकोमा क्लव र क्लबका पदाधिकारी र सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुरज पङ्गेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापा ‘सजु’, विद्यार्थी कृष्ण केवट लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम क्लबका सचिब किशोर पङ्गेनीको संचालनमा भएको थियो ।

≪ Previous Post

रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ

Next Post ≫

श्रृङ्गेश्वर धममा नया नेतृत्वको पदस्थापन र सपथ ग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क