Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्री बहुउद्देश्यीय सहकारी संस्थाको ३५ औं साधारण सभा : १० जना शेयर सदस्य थप गर्ने सदस्यलाई ब्याजमा साढे २ प्रतिसत छुट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्री बहुउद्देश्यीय सहकारी संस्थाको ३५ औं साधारण सभा : १० जना शेयर सदस्य थप गर्ने सदस्यलाई ब्याजमा साढे २ प्रतिसत छुट

संसारपोस्ट संवाददाता · ३० मंसिर २०८० · 0
श्री बहुउद्देश्यीय सहकारी संस्थाको ३५ औं साधारण सभा : १० जना शेयर सदस्य थप गर्ने सदस्यलाई ब्याजमा साढे २ प्रतिसत छुट
210
SHARES
ShareTweet

तिलोत्तमा । श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा–५ मणिग्राम रुपन्देहीले १० जना नयाँ शेयर सदस्य थप गर्ने शेयर सदस्यले लिएको ऋणको ब्याजमा साढे २ प्रतिसतका दरले छुट दिने प्रस्ताव पारित गरेको छ ।
सहकारी संस्थाको शनिबार समपन्न ३५ औं वार्षिक साधारण सभाले जेष्ठ शेयर सदस्यलाई गर्दै आएको सम्मान कार्यक्रमलाई जारी राख्दै २०८० अषाढ मसान्त सम्म ८० वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई सम्मान स्वरुप बार्षिक बृद्ध भत्ता रु. दुई हजार दिने प्रस्ताव समेत पास गरेको छ ।
यस्तै सहकारी संस्थाले चालु आर्थिक वर्षको मुनाफाबाट शेयर रकमको १४ प्रतिसत बराबरले हुन आउने बोनस वापतको रकम शेयर सदस्यहरुलाई प्रदान गरेको छ । राष्ट्रिय सहकारी बैंकमा रु. १ लाख बराबर शेयर लगानी गरेको सहकारी संस्थाले २०८० अषाढ मसान्त सम्म रु. १६ करोड ४१ लाख ३ हजार ९०३ लगानी गरेको छ भने आर्थिक वर्ष २०७९÷८० को अन्तमा संस्थामा २ लाख २६ हजार ५०७ रुर्पयाँ स्थिर सम्पत्ति रहेको छ ।
साधारण सभामा वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका कार्यवाहक अध्यक्ष होम प्रसाद पौडेलले महिला शेयर सदस्य सुत्केरी हुंदा १ पटकलाई प्रसुति सम्मान रकम रु. ३ हजार प्रदान गर्ने र नवजात शिसुको खाता अनिवार्य गर्ने, विभिन्न विधाका ब्यक्तित्वहरुलाई सम्मान कार्यक्रमलाई निरन्तरता दिने, शेयर र वचत रकमको अनुपात मिलाउन बचतमा रहेको रकमको १५ प्रतिसत रकम शेयर पुंजी कया गरिएको र शेयर सदस्यहरुहरुको १ लाख बराबरको सामुहिक दुर्घटना विमा र सामान्य मृत्युमा रु. २५ हजार राहत रकम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको जानकाकारी गराउनु भयो ।
कार्यक्रममा सहकारी संस्थाका सल्लाहाकार रोमणी प्रसाद पाठकले मुलुकमा उत्पन्न विषम परिस्थितिका बावजुद संचलकहरुको कुशल ब्यवस्थापनका कारण शेयर सदस्यहरुलाई उचित प्रतिफल दिन संस्था सफल भएको बताउनु भयो । उहांले समग्र सहकारी संस्थाहरुप्रति अविस्वासको वातावरण सृजना भइरहेको अवस्थामा पनि यस सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १४ प्रतिसत लाभांस वितरण गरेर आफ्नो साख जोगाउन सफल भएको बताउनु भयोे ।
कार्यबाहक अध्यक्ष होम प्रसाद पौडेलको अध्यक्षता र सदस्य डोलराज बस्यालको संचालनमा भएको साधारण सभामा संस्थाका सल्लाहाकार प्रेम बहादुर भण्डारी, निवर्तमान अध्यक्ष किशोर कुमार क्षेत्री, शेयर सदस्य प्रकाश कुमार नेपाललगायतले आआफ्ना धारणा राख्नुभएको थियो । सधारण सभामा ७० बर्ष माथिका शेयर सदस्यहरुलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
२९४ पुरुष, २७५ महिला र संस्थागत सदस्य १ गरी ५७० शेयर सदस्य रहेको सहकारी संस्थाको साधारण सभाले लेखा सुपरीक्षण समितिका संयोजक चिरन्जिवी बस्यालले आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको अनुमानित २ करोड ३३ लाख १६ हजार बराबरको आय ब्यय र अध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।

≪ Previous Post

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

Next Post ≫

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क