Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने

संसारपोस्ट संवाददाता · २९ मंसिर २०८० · 0
धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री  खाणलाई आज  सम्पत्ति शुद्धीकरण विभाग लगिने
150
SHARES
ShareTweet
काठमाडौँ । उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिन भएको छ। उच्च अदालतले बिहीबार खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी छ। तर खाण यो मुद्दामा रिहा हुने भएपनि केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउने भएको हो।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि मंसिर १५ गते उच्च अदालतले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो।

सम्पत्ति शुद्धीकरण विभागले पनि अदालतबाट धरौटीमा रिहा भएकाहरुलाई अदालतको भन्दा आधा कम धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धीकरण विभागबाट भोलि नै रिहा भए खाणलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लगिने छ। यदि शुक्रबार सम्पत्ति शुद्धीकरण विभागमा नटुंगिए खाण शुक्रबार पनि छुट्ने सम्भावना कम छ ।

सम्पत्ति शुद्धीकरण विभागले खाणलाई पुनः अख्तियारमा पठाउने छ। यसअघिका प्रतिवादीहरुलाई अख्तियारले तारेखमा रिहा गरेकाले खाँणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाण गत वैशाख २७ गते चाबहिलस्थित आफ्नै निवासबाट पक्राउ पर्नुभएको थियो । ७ महिना पूरा जेल बसेपछि नेता खाण रिहा हुन लाग्नुभएको हो ।

यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलको इजलासले यो मुद्दाका सबैको निवेदनमा टुंगो लगाएको थियो। तर खाणको पक्षमा भने न्यायाधीशको राय बाझिएपछि आदेश हुन सकेको थिएन।

बिहीबार यो मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पेश गरिएपछि खाणलाई थुनामुक्त गर्ने आदेश भएको हो।

≪ Previous Post

पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

Next Post ≫

चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क