Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

संसारपोस्ट संवाददाता · २८ मंसिर २०८० · 0
पुर्व गृह मन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
110
SHARES
ShareTweet

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता एवं पुर्व गृह मन्त्री बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् ।
आज (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले कांग्रेस नेता खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिनुभएको हो ।
यसअघि १५ मंसिरमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन सकेको थिएन ।
न्यायाधीश खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिनुभएको थियो भने न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा राय दिनुभएको थियो । न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा उच्च अदालतकै तेस्रो न्यायाधीशको इजलासमा पठाइएको थियो । सोही मुद्दामा बिहीबार न्यायाधीश कोइरालाले पाण्डेको रायलाई समर्थन गरेपछि खाँण रिहा हुने भएका हुन् ।
बिहीबार न्यायाधीश कोइरालाले विभिन्न ६ वटा आधार देखाउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नताको अवस्था देखिएको भन्न नमिल्ने भन्दै धरौटीमा रिहा गर्ने आदेश दिनुभएको हो ।
पहिलो आधार, बालकृष्ण खाँणले पक्राउ परेपछि सरकारी वकिलको रोहबरमा प्रहरी र अदालतमा बयान गर्दा आफूमाथिको आरोप पूर्ण रुपमा इन्कार गर्नुभएको छ । खाँणमाथि गृह मन्त्रालयमा पेश भएको भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गरेको आरोप थियो । गृह मन्त्रालयका कर्मचारीहरुले बयानमा प्रतिवेदन कसरी फेरबदल भयो भन्ने थाहा नभएको बताएका थिए ।
गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डेले प्रतिवेदनमाथि मन्त्रीबाट चासो नदिएको भन्ने बयानलाई न्यायाधीश कोइरालाले धरौटीमा छाड्ने दोस्रो आधार बनाएका छन् ।
जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरू केशव दुलाल र टेकनारायण पाण्डेबीचको ह्वाट्सएप संवादलाई पनि बालकृष्ण खाँणको संलग्नता देखिने आधार मानेको मान्दै थुनामा पठाउने आदेश गरेको थियो ।
उच्च अदालतका न्यायाधीश कोइरालाले उक्त संवादमा गिफ्ट भनेको रकम हो भन्ने पुष्टि नभएको तर्क गर्नुभएको छ । त्यो रकम केशव दुलालबाट बालकृष्ण खाँणले लिएको भन्ने दाबीलाई केशव दुलालले नै इन्कार गरेको भनी धरौटीमा छुट्ने तेस्रो आधार बनाउनु भएको छ ।
आदेशमा भनिएको छ, ‘प्रतिवादी केशव दुलालले उक्त तथ्यमा इन्कार गर्दै आफूले प्रतिवादी बालकृष्ण खाँणलाई नभेटेको तथा निजलाई कुनै रकम नदिएको भनि उल्लेख गरेको ।’
केशव दुलालले दोस्रो पटक प्रहरीसँग गरेको बयानमा टेकनारायण पाण्डेलाई एक करोड २५ लाख रुपैयाँ दिएको दावी गर्नुभएको थियो । तर पूर्वसभासद आङटावा शेर्पाले त्यो आरोप अस्वीकार गर्नुभएको थियो । आङटावा शेर्पाको बयानलाई न्यायाधीश कोइरालाले खाँणको संलग्नता पुष्टि नहुने चौथो आधारका रुपमा उल्लेख गर्नुभएको छ ।
आफू पक्राउ परेपछि तत्कालिन सचिव टेकनारायण पाण्डेले बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई सम्बोधन गरी चिट लेख्नुभएको थियो । त्यो चिटमा बालकृष्ण खाँणको नाम उल्लेख नभएको भनी न्यायाधीशले खाँणलाई धरौटीमा रिहा गर्ने पाँचौं आधारका रुपमा राख्नुभएको छ ।
प्रहरीको हिरासतकक्षमा रहँदा तत्कालिन गृहसचिव टेकनारायण पाण्डेको साथबाट डायरी र कलम बरामद भएको नदेखिनु खाँणलाई धरौटीमा छाड्ने आदेशको छैठौ आधार बनेको छ । यी छ वटा आधारमा न्यायाधीश कोइरालाले नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई थुनामै राख्नुपर्ने आवश्यकता नभएको निष्कर्ष निकाल्नुभएको हो ।
आदेशमा न्यायाधीश कोइरालाले गरेको आदेशमा भनिएको छ –‘मिसिल संलग्न प्रमाणबाट प्रत्यक्ष रूपमा कसूरमा संलग्न रहेको अवस्थाको अभाव देखिँदा काठमाडौं जिल्ला अदालतवाट १ असार, २०८० मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरीतको देखिँदा बदर गरी ३० लाख रूपैयाँ जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने राय कायम गरिदिएको छ ।’
न्यायाधीश कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको रायलाई नै पूरा समर्थन गर्नुभएको छ र अन्तिममा ‘मिसिल संलग्न प्रमाणवाट प्रत्यक्ष रूपमा कसूरमा संलग्न रहेको अवस्थाको अभाव देखिएको’ भन्दै खाँण धरौटीमा रिहा हुने उल्लेख गर्नुभएको छ ।
यसअघि न्यायाधीश पाण्डेले किन ३० लाख रुपैंयाँ धरौटी माग्ने भन्नेबारे आधार र कारण खुलाउनु भएको थिएन, यस्तै न्यायाधीश कोइरालाले पनि तयसको कारण खुलाउनु भएको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ मंसिरमा उच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

≪ Previous Post

बैंक तथा वित्तिय संस्थामा तरलता : व्याजदर घटाउने प्रावधान ल्याउन ब्यवसायीको माग

Next Post ≫

धरौटी बुझाएर रिहा हुन लाग्नुभएका पूर्व गृहमन्त्री खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क