Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आगामी मंसिर १ गतदेखि रुपन्देहीको तिलोत्तममा व्यापार मेला हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आगामी मंसिर १ गतदेखि रुपन्देहीको तिलोत्तममा व्यापार मेला हुने

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८० · 0
आगामी मंसिर १ गतदेखि रुपन्देहीको तिलोत्तममा व्यापार मेला हुने
90
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सव हुने भएको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ व्यापार मेला आयोजना गर्न लागिएको हो ।
मंसिर १ गतेदेखि मेला सञ्चालन हुने तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक गुणनिधि भभण्डारीले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रदर्शनीमा कृषिमा हुंदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासंगै पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने संघका अध्यक्ष भण्डारीले बताउनु भयो ।
मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयां प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्वन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया गरिने अध्यक्ष भन्डारीले जानकारी गराउनुभयो । मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३ सय स्टल रहने छन् ।
मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिकाहरुको प्रस्तुुति, हास्य कलाकारहरुको कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिता हुनेछन् । मेला संचालनका संघका अध्यक्ष गुणनिधी भन्डारीको संयोजकत्वमा ५५५ सदस्यीय मुल समिति, सल्लाहाकार समिति र विभिन्न उपसमिति गठन गरिएको छ । तिलोत्तमा–५ मणिग्राममा संचालन हुने महोत्सवका लागि प्रदर्शनी स्थलमा सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्टल, गेट तथा अन्य निर्माणको काम भैरहेको छ । मेलामा ३ सय स्टल रहने बताइएको छ ।
१२ दिनसम्म चल्ने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड आर्थिक कारोवार हुने आयोजकहरुले बताएका छन् । मेलाको प्रमुख आकर्षणको रुपमा विगतमा जस्तै परम्परागत शैलीको उखु पेल्ने र खुदो वनाउने उपकरण राखिने छ ।
मेला अवलोकनकालागि ८० रुपैंया टिकट शुल्क निर्धारण गरिएको छ भने बिद्यार्थीलाई परिचय पत्रको आधारमा रु. ४० र ७० वर्ष माथिका ज्येष्ठ नागरिक र ५ वर्षमुनिका बालबालिका तथा अपाङ्गता भएका नागरिकलाई निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ ।
नेपाली कला, संस्कृति, भेषभुषा संरक्षणकालागि बि न्न जातजातीका भेषभुषामा नृत्य प्रतियोगिता, जी बब, मिष्टर डी, मिष्टर र्यापर आफिम, र्यापर लाहुरे, तिलोत्तमा लोक आइडल सिजन टु, राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको सांस्कृतिक कार्यक्रम, बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, मम्मी डान्स आइकन, लगायतका प्रतियोगिता गराईने छ ।
सरकारले तिलोत्तमा नगरपालिका घोषणा गरेलगत्तै २०७१ सालमा स्थापित तिलोत्तमा उद्योग बाणिज्य संघले २०७३ सालमा पहिलो पटक र २०७६ सालमा दोस्रो औद्योगिक व्यापार मेला गरेको थियो । त्यसको अनुभव र सिकाईबाट संघले अहिले त्यसैको परिस्कृत रुपमा तेस्रो औद्योगिक व्यापार मेला गर्न लागेको हो ।
स्थायी मेला स्थलका लागि तिलोत्तमा उद्योग वाणिज्य संघले नगरपालिकासंग माग गरेको छ । स्थायी मेला स्थल नहुंदा स्टल लगायतका संरचना निर्माणमा निजी क्षेत्रको लाखौं रुपैयां खर्च हुने गरेको अध्यक्ष गुणनिधि भण्डारीले बताउनु भयो । निर्माणका क्रममा हुने यो खर्च कम गर्नका लागि पनि स्थायी मेला स्थलको आवश्यक्ता खड्किएको छ ।
संघका अध्यक्ष गुणनिधि भभण्डारीको अध्यक्षता, महासचिव राजकुमार पाण्डेयको सञ्चालन, पे्रस सल्लाहाकार खिमानन्द भट्टराईको स्वागतमा भएको उक्त पत्रकार सम्मेलनमा उद्योग उपाध्यक्ष सुरज पंगेनीले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

≪ Previous Post

चाडपर्व अफर सकिन लाग्दा केबलकारमा पर्यटकको चाप

Next Post ≫

यमपञ्चकको पहिलो दिन, आज काग तिहार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क