Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चाडपर्व अफर सकिन लाग्दा केबलकारमा पर्यटकको चाप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चाडपर्व अफर सकिन लाग्दा केबलकारमा पर्यटकको चाप

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८० · 0
चाडपर्व अफर सकिन लाग्दा केबलकारमा पर्यटकको चाप
70
SHARES
ShareTweet

बुटवल । लुम्बिनी केबलकार लिमिटेडले दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी ल्याएको चाडपर्व अफर सकिन लाग्दा पर्यटकको चाप बढ्दै गएको छ ।
असोज २१ गतेदेखि शनिबार वाहेकका दिनहरुमा लागु भएको यो अफरमा कात्तिक २३ गतेसम्म २५ हजार ७ सय ७७ जनाले केबलकार चढेको कम्पनीले जनाएको छ ।
साविक ७५० रुपैयांको टिकट दरमा ४० प्रतिशत छुट दिई टिकटदर ४ सय ५० रूपैयां कायम भएपछि चाडपर्वको विदामा परिवारसहित केबलकार चढ्ने संख्या बढेको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताउनु भयो ।
टिकट दरमा छुटसँगै केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा पनि कम्पनीले १० प्रतिशत छुट दिएको छ । अफरको फाइदा उठाउंदै एकै दिन तीन हजार ५ सय जनासम्म केबलकार चढेका सैजूले बताउनु भयो । खासगरी स्कूल,कलेज,संघसंसस्थाबाट समूहमा केबलकार चढ्न आउने गरेको उहांको भनाई छ ।
‘चाडपर्वका अवसरमा सर्वसाधारणलाई परिवारसहित सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्षदेखि पुजा हुंदै आएको दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले ल्याइएको अफरमा आन्तरिक र वाह्य पर्यटकको उत्साहजनक उपस्थिति भइरहेको छ’– केबलकारका अपरेसन म्यानेजर सैँजूले भन्नुभयोे–‘अफर मंसिर ३ गते छठसम्म मात्रै बांकी रहेकाले यो अवसरको फाइदा सबैले उठाउन् भन्ने हाम्रो आग्रह छ ।’
आइएमई ग्रुपको मुख्य हिस्सा र स्थानीयको समेत कूल पाँच अर्ब लागतको केबलकार गत जेठ १५ देखि सञ्चालनमा आएको थियो । जेठ १५ देखि कात्तिक १५ सम्म ५ महिनामा एक लाख २ हजार ७९ जनाले केबलकारको यात्रा गरेका कम्पनीले जनाएको छ ।
टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिरको दर्शन गर्न नेपालसहित भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् । प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शनले श्रद्धालु भक्तजनका मनोकामना पूरा हुने र दःुख एवं संकट मोचन हुने धार्मिक विश्वास छ ।
कम्पनीले टप स्टेसनमा ४० लाख लागतमा जिप लाइन सञ्चालनमा ल्याइसकेको छ । स्वच्छ र शान्त वातावरणको बसन्तपुरबाट बुटवलसहित भैरहवासम्म र हिमालको दृश्यावलोकन गर्न पाइने हिल स्टेशन भएकाले जीपलाइनसंगै कम्पनीले छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । यस्तै साढे ३ अर्ब लगानीमा १५० कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट हल, क्यासिनो र स्वीमिङ पूल सहित पांचतारे होटेल पनि बनाउने तयारी छ ।
करिब सय जनालाई रोजगारी दिएको केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँट गर्छन् ।

≪ Previous Post

तिलोत्तमा उद्योग वाणिज्य सङ्घले मंसिर १ गतेदेखि मेला आयोजाना गर्ने

Next Post ≫

आगामी मंसिर १ गतदेखि रुपन्देहीको तिलोत्तममा व्यापार मेला हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क