Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग

संसारपोस्ट संवाददाता · २ कार्तिक २०८० · 0
नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको माग
110
SHARES
ShareTweet

नेपालबाट भारतमा इन्धन भर्न जाने गाडी नियन्त्रण गर्न पेट्रोलियम व्यवसायीको मा
बुटवल । पेट्रोलियम पदार्थको मूल्य समायोजन हुंदा नेपालमा भन्दा भारतमा इन्धनको  मूल्य सस्तो भएपछि नेपालबाट  भारतमा तेल भर्न   जाने गाडी नियन्त्रणमा ल्याउन पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् ।
सामान लिन जाने बाहाना बनाएर सीमा पारी भारत गएर गाडीमा तेल भरेर ल्याउने गलत कृयाकलाप रोकेर नेपाली व्यवसायीलाई सहयोग पुराउन पेट्रोलियम व्यवसायीहरुले सरकार र सरोकारवाला निकाय सङ्ग आग्रह गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना,  रुपन्देहिका प्रमुख जिल्ला अधिकारीको स्वागत तथा परिचयात्मक  कार्यक्रममा बोल्ने व्यवसायीहरुले कोहि कसैले नियतबस गल्ती गरेमा तेस्ता ब्यवसायीलाई कार्बाही गर्न प्रहरी प्रशासनलाई सहयोग गर्ने   बताए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले  व्यवसायी, कर्मचारी लगायत कसैलाइ पनि गलत काम गर्ने  छुट नभएको बताए । उनले सेवाग्राही तथा आम जनताको हितमा सेवा प्रवाह गर्न सबैलाइ आग्रह गर्दै समाजका हरेक क्षेत्रका बेथिति रोक्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

पेट्रोलियम डिलर्स एशोसिएशन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले पेट्रोलियम व्यवसायीले आयल निगमले दिएको तेल सहज रुपमा ग्राहक उपभोक्तालाइ उपलब्ध गराएको बताउंदै  उपभोक्तामुखि भएर ब्यवसायीले  सेवा प्रवाह गरेको बताए । उनले कुनैपनि पेट्रोलियम व्यवसायीले तेलमा चुहावट नगरेको बताउंदै व्यवसायीले चुहावट गर्नै नसक्ने दावी गरे ।
नेपाल आयल निगम प्रदेश कार्यालय भलवारीका प्रमुख इन्जिनियर जगदिशचन्द्र यादवले यस क्षेत्रमा अहिले तेलको कुनै समस्या नभएको बताए ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  भरत विकले तेलमा हुने मिसावट र सीमा पारीबाट हुने आयात रोक्न सुरक्षाकर्मीको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको सहयोग आवश्यक पर्ने बताए । उनले मिसावट र सीमा पारीबाट हुने आयात रोक्न आयल निगमले नेतृत्व गर्नुपर्ने र त्यसका लागि प्रहरी प्रशासनले सुरक्षा दिने प्रतिवद्दता जनाए ।

पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले आफुहरुले उपभोक्तामुखि भएर तेल विक्री वितरण गरेको बताउंदै माग अनुसार तेल उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गरे ।

कार्यक्रममा पश्चिमाञ्चल, ट्याङकर व्यवसायी महासंघका महासचिव भुपेन्द्र अर्याल, नापतौल तथा गुणस्तर कार्यालय प्रदेश प्रमुख शम्भुकुमार झा,  प्रेस सल्लाहाकार खिमानन्द भट्टराई लगायतले आआफ्ना भनाइ राखेका थिए ।

पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता र महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको हो ।

≪ Previous Post

प्यूठान–रुपन्देही सम्पर्क मञ्चमा शुभकामना आदान प्रदान

Next Post ≫

देवदहमा अन्तर्राष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क