Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

संसारपोस्ट संवाददाता · ३० भाद्र २०८० · 0
नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख
100
SHARES
ShareTweet

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ ।
सरकारले लिएको तिन खम्वे अर्थ नीति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उहांको भनाई थियो ।
बुटवल स्थित फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको   शनिबार  आयोजित १५ औ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदै सभामुख घर्ती मगरले सहकारीले उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।
कतिपय कृषि बहुउद्देश्यिय  सहकारीले  कृषिजन्य उत्पादनमा उदाहरणीय कार्य गरेको बताउनुहुदै उहांले वचत तथा ऋण सहकारीले पनि सदस्यहरुलाई आर्थिक उपार्जनमा टेवा पुर्याउने गरी लगानी गर्न सुझाव दिनु भयो । संचालकहरुले इमान्दारिता र पारदर्शिता कायम गर्न सकेको खण्डमा मात्र सहकारीमा विश्वास जित्न सकिने बताउनुहुदै सभामुख घर्ती मगरले सदस्यहरुको वृहत्तर हित सोचेर लगानी गरेमा कुनै समस्या नआउने बताउनु भयो ।
फेवा सहकारीले सहकारीको उद्देश्य अनुसार काम गरेको आफुले पाएको बताउनुहुंदै मुलुकको अर्थतन्त्रमा देखिएको प्रतिकुलताका वावजुद पनि मुनाफा प्राप्त गर्न सक्नु आफैमा सक्षम सहकारीमा स्थापित भएको पुष्टी भएको उहांको भनाई थियो ।
संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङले  सहकारीले संस्थाको नियमित कार्य वाहेक सामाजिक क्षेत्रका कार्यमा पनि उल्लेखनिय सहभागिता जनाउदै आएको  बताउनु भयो । उहांले उत्पादनसंग जोडिनु भएका शेयर सदस्यहरुलाई प्राथमिकता दिई लगानी गरेको जानकारी दिनुहुदै फेवाको लगानी पुर्णतया सुरक्षित रहेको बताउनु भयो । एउटा सक्षम सहकारीको लागि हुनुपर्ने सम्पुर्ण मापनहरु पुरा भएकाले पन्च वर्षिय रणनीतिक योजना अनुसार नै सहकारी अघि वढेको शेयर सदस्यहरुलाई आश्वस्त पार्नु भयो ।
सहकारीका अध्यक्ष  प्रेम बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष प्रेमबहादुर सोमैको स्वागत, सचिब  इन्द्र सारुको संचालनमा भएको कार्यक्रममा सहकारीका पुर्ब अध्यक्ष  कृष्ण प्रसाद अर्याल, कानुनी सल्लाहकार तेज प्रसाद कडेल, लेखा समिति संयोजक हेमबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।  ३ हजार ४ सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमा ३१ करोड ८० लाख पुजी रहेको छ ।  २० करोड ३५ लाख निक्षेप संकलन गरि २७ करोड १२ लाख कर्जा लगानी गर्दा सहकारीले ५ करोड ३ लाख बढी कुल आम्दानी गर्न सफल भएको कोषाध्यक्ष नुमकली राहादीले जानकारी दिनुभयो । साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी, वचत कर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

धारिलो हतियार प्रहार गरि काठमाडौमा एकै परिवारका तीनसहित चार जनाको हत्या

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ठुलो मात्रामा अवैध माछा नियन्त्रण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क