Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ : दिवङ्गत भएका आफन्तको सम्झना गरेर मनाइदै
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ : दिवङ्गत भएका आफन्तको सम्झना गरेर मनाइदै

संसारपोस्ट संवाददाता · १४ भाद्र २०८० · 0
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ : दिवङ्गत भएका आफन्तको सम्झना गरेर मनाइदै
110
SHARES
ShareTweet

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धापुर्वक दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।
राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडीबाट रानीले देख्ने गरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।
अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरूले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने सुरुवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई व्यक्ति समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्ग्यात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए ।
गाईजात्रामा सुरुवात गरिएको यो व्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूलाई लक्ष्य बनाएर विसङ्गति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको व्यङ्गप्रति इख राख्न पाइँदैन ।
हिन्दु धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ। ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन तिथि मा यो चाड मनाइन्छ ।
आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ । हास्य कलाकारहरु आ–आफ्ना प्रहसन, व्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आइएका समाजका विकृति, घटना, परिघटनाको हास्यास्पद सारांश हो गाईजात्रा । काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ ।

≪ Previous Post

आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन पर्व यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

Next Post ≫

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क