Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दीप बोर्डिङमा नवगन्तुक विद्यार्थीलाई स्वागत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीप बोर्डिङमा नवगन्तुक विद्यार्थीलाई स्वागत

संसारपोस्ट संवाददाता · ३ भाद्र २०८० · 0
दीप बोर्डिङमा नवगन्तुक विद्यार्थीलाई स्वागत
50
SHARES
ShareTweet

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक कार्यक्रमबिच स्वागत गरिएको छ ।
विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा नव आगन्तुक विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनोसहित स्वागत गरिएको हो ।
सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा १२ को बोर्ड परीक्षामा विज्ञान सङ्कायबाट ३.७५ जिपिए ल्याई प्रथम हुने शर्मिला पन्थी, ३.६६ जिपिए ल्याई द्वितीय हुने अनिल घिमिरे, ३.६५ जिपिए ल्याई तृतीय हुने प्रवीन भट्टराई तथा व्यवस्थापन सङ्कायबाट ३.७२ जिपिए ल्याई प्रथम हुने सुस्मिता थापा र तारा सुनार,३.६६ जिपिए ल्याई द्वितीय हुने सुजल थापा मगर र ३.६५ जिपिए ल्याई तृतीय हुने कृति न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।
यस्तै आफ्नो विषयमा शतप्रतिशत र अब्बल नतिजा ल्याउन योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीमध्ये १० जनाले ए प्लस, ५४ जनाले ए, १०१ जनाले बि प्लस, २७ जनाले बि र १ जनाले सि प्लस ग्रेडसहित ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले दीप बोर्डिङले गुणस्तरीय विद्यार्थी उत्पादन गरी शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली र वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनीले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गनुृभएको थियो ।
विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी बिराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय ब्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, सदस्य तथा लेखा प्रमुख रेखा श्रेष्ठ, प्रवीन श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ११ र १२ का सहसंयोजक अमर खत्री लगायतले विद्यालयले हासिल गरेको प्रगतिका बारेमा चर्चा गर्दै नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ११ की अविप्सा आचार्यले स्वागत, कक्षा ११ की कसिस पाठकले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
हास्यव्यङ्ग्य कलाकार विष्णु जी पाण्डे माइलाबाको विशेष प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन र विविध रमाइला प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय आशिका भुसाल र वसन्त पौडेलले गरेका थिए ।

 

≪ Previous Post

बुटवल उपमहानगरको लोगो निर्माण गर्न सार्वजनिक आह्वान : उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार

Next Post ≫

ललिता निवास जग्गा हिनामिना प्रकरण :सीआईबीले बुझायो सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क