Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सियारीमा गाउँपालिका : उत्पादन र प्रतिफलमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सियारीमा गाउँपालिका : उत्पादन र प्रतिफलमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०८० · 0
सियारीमा गाउँपालिका : उत्पादन र प्रतिफलमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता
100
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिएर बास्तविक किसानहरुको सारथी बनेको छ ।
कृषिका माध्यमबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप सियारी गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ ।
गाउँपालिकाले स्थानीयस्तरमा रहेका प्राय सबै क्षेत्रका किसानहरुलाई उत्पादनमा आधारित भएर अनुदान दिदै आएको छ । आर्थिक वर्ष २०७९÷०८० मा सियारीले साढे ३ करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष घिमिरेका अनुसार सियारीमा रहेका किसानहरुको हितका लागि यस वर्ष पनि अनुदानका कार्यक्रमलाई निरन्तरता दिइएको छ । किसानको विकास नहँुदासम्म मुलुक आर्थिक रुपमा सबल र सक्षम हुन नसक्ने भन्दै अध्यक्ष घिमिरेले किसान र कृषि क्षेत्रको समग्र विकासका लागि तीनै तहका सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रतिफलमा आधारित अनुदान कार्यक्रम लागू गर्नेमा सियारी लुम्बिनी प्रदेशमै उत्कृष्ट र पहिलो भएको दावी गर्दै अध्यक्ष घिमिरेले खाली जग्गा नराख्न कृषकलाई आग्रह गर्नुभयो ।
सियारीले माछापालक कृषकका लागि १० कठ्ठा जग्गामा प्रतिकेजी ५ रुपैयाँ अनुदान दिदै आएको छ । गत आर्थिक वर्षमा मात्रै ३ सय ७५ जना किसानलाई २३ लाख २५ हजार ५ सय ७७ रुपैयाँ अनुदानवापतको रकम दिइएको आर्थिक विकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिनुभयो ।
गाउँपालिकाले सियारीभित्रका २ हजार ३ सय १७ दशमलव ९३ कठ्ठामा २३ वटा पोखरीमा माछापालन गर्ने किसानलाई अनुदानवापतको रकम प्रदान गरेको शाखा प्रमुख खनालले जानकारी दिनुभयो । खनालका अनुसार यी पोखरीबाट ४ लाख ६५ हजार १ सय १५ केजी माछा उत्पादन भएको छ ।
त्यसै गरी पालिकाले प्रतिफलमा आधारित अनुदान कार्यक्रम अन्तरगत दुध उत्पादन कार्यक्रम अन्तरगत आर्थिक वर्षको जेठ महिनासम्ममा १५ लाख ९१ हजार ५ सय ३५ लिटरको ३९ लाख ७८ हजार ८ सय ४० रुपैयाँ अनुदान वापतको रकम उपलब्ध गराएको छ ।
त्यसैगरी सियारी गाउँपालिका भित्रका कृषकको हितका लागि भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाबाट सिचाई गर्ने कृषकहरुलाई पालिकाले सिंचाईमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तरगत गत आर्थिक वर्षको जेठ महिनासम्म १७ लाख ३८ हजार ४ सय ७९ रुपैयाँ अनुदानवापतको रकम प्रदान गरेको छ ।
निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम अन्तरगत जेठ महिनासम्म ३ हजार ७ सय १२ वटा गाई भैसीलाई निशुल्क कृत्रिम गर्भाधान गरिएको र त्यसवापत कुल १२ लाख ९९ सय हजार २ सय रुपैयाँ अनुदानवापत किसानको खातामा रकम पठाइएको आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले कृषकहरुलाई घाँस खेतीमा प्रोत्साहन गर्न भन्दै घाँसको विउमा समेत ५० प्रतिशत अनुदान दिएको छ । पालिकाले असारसम्ममा १ हजार ६ सय ३४ हेक्टरमा खेती गर्ने ३ सय ८८ कृषकलाई ६ लाख २४ हजार १ सय ७५ रुपैयाँ अनुदानवापतको रकम हस्तान्तरण गरेको छ ।
त्यसै गरी गाउँपालिकाले यान्त्रीकरणमा पनि सहयोग गर्दै आएको छ । ६७ जना कृषकलाई ११ लाख ३३ हजार १ सय रुपैयाँ अनुदान वापत रकम प्रदान गरिएको छ ।
त्यस्तै गहुँको बिउ खरिदका लागि ४० लाख, मकैमा साढे ७ लाख, तोरीमा १२ लाख, चैते धान खेतीलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्नका लागि उन्नत बिउ खरिदका लागि २५ लाख रुपैयाँ अनुदानवापत कृषकको खातामा रकम पठाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अन्तरगत रहेका कृषकहरुको तथ्यांक व्यवस्थित गर्नका लागि गाउँपालिकाले पालिकाभित्रका कृषकहरुका लागि कृषक कार्ड वितरणलाई प्रभावकारी बनाइएको आर्थिक विकास शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।

≪ Previous Post

सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा आज सुनुवाइ हुदै

Next Post ≫

लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलनको तयारी पुरा, मुख्यमन्त्री चौधरीले भोली उद्घाटन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क