Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोल्पा बस दुर्घटना : चार जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोल्पा बस दुर्घटना : चार जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

संसारपोस्ट संवाददाता · २३ श्रावण २०८० · 0
रोल्पा बस दुर्घटना : चार जनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर
100
SHARES
ShareTweet

रोल्पा । रोल्पामा आज भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु भएका चारै जनाको पहिचान खुलेको रोल्पा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा रोल्पा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विक, माडी गाउँपालिका–२ का २२ वर्षीय प्रकाश वाठा, माडी गाउँपालिका–४ का ५१ वर्षीय गोर्खे डाँगी र ५० वर्षीया हस्ता डाँगी रहेका छन् । मृत्यु हुने गोर्खे र हस्ता डाँगी श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ ।
रोल्पाको पश्चिमी बागमारादेखि दाङको घोराही तर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस घोराही–थबाङ सहिदमार्ग खण्डको रिचीगाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जना घाइते भएका र घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
आज दिउँसो सवा १ वजे तिर त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको रिचीगाउँ नजिकैको सडकबाट बस करिब १५० मिटर तल खसेको हो । घटनाबारे प्रहरीलाई स्थानीयले जानकारी गराएपछि जिल्लाबाट सुरक्षा टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार शवको पोष्टमार्टमका लागि मृतकका शव जिल्ला अस्पताल रेउघा ल्याइएको र घाइते सबैको उद्धार गरी दाङको घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान अस्पताल पठाइएको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेश : दलीय भागवण्डा मिलाउन २ मन्त्रालय थप्ने तयारी

Next Post ≫

मौसमः सबै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क