Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली कांग्रेस रुपन्देहीमा १० दिने बिषेश आन्तरिक अभियान शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली कांग्रेस रुपन्देहीमा १० दिने बिषेश आन्तरिक अभियान शुरु

संसारपोस्ट संवाददाता · २२ श्रावण २०८० · 0
नेपाली कांग्रेस रुपन्देहीमा १० दिने बिषेश आन्तरिक अभियान शुरु
90
SHARES
ShareTweet

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले पार्टीको १० दिने बिषेश अन्तरिक अभियान सुुरु गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुुसार जिल्लामा पनि बिषेश आन्तरिक अभियान सुुरु गरिएको हो ।
पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाई त्यसमा सुधार गर्दै पार्टीलाई एक्काईसौ सताब्दिको गतिशिल, चलायमान, सवल एवं सक्षम पार्टी बनाउने उद्देश्यले आन्तरिक अभियान सुुरु गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो ।
१० दिने विशेष अभियानका लागि पार्टी केन्द्रीय समितिको तर्फबाट केन्द्रीय सदस्य पुुष्पा भुुसाल र प्रदेश समितिको तर्फबाट गुल्मीका पुर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेन प्रतिनिधिका रुपमा खटिएको सभापति खाँणले जानकारी गराउनु भयो ।
केन्द्रबाट खटिएका प्रतिनिधिहरुले सोमबार अभियानको औचित्य र उद्देश्यका बारेमा जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई सहजीकरण गरेका थिए ।
अभियान अन्तर्गत केन्द्र र प्रदेश प्रतिनिधिको उपस्थितिमा यहि साउन २५ गते क्षेत्र नं १, २६ गते क्षेत्र नं २, २८ गते क्षेत्र नं ३, २९ गते क्षेत्र नं ४ र ३० गते क्षेत्र नं ५ मा क्षेत्रीय एवं प्रदेश समितिसगं पार्टीमा देखिएका कमीकमजोरी र संगठन सुदृढिकरणका अपनाउनु पर्ने रणनीतिका विषयमा छलफल अन्तरक्रिया कार्यक्रम हुने कार्यक्रममा जानकारी गराइएको थियो ।
सो कार्यक्रम पछि बसेको पार्टी जिल्ला कार्य समितिको बैठकले पनि अभियानलाई सफल बनाउन जिल्लाबाट क्षेत्र र स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
जिल्ला बाट खटिएका प्रतिनिधिहरुले क्षेत्रीय समितिसंग समन्वय गरेर यहि बिचमा कार्यक्रम गर्ने र साउन ३२ गते अभियानको औपचारिक समापन गरिने पार्टीका जिल्ला सचिव हरि काफ्लेले जानकारी दिनुभयो ।
जिल्लाले आन्तरिक अभियानका लागि क्षेत्र नं १ मा कोषाध्यक्ष हरि प्रसाद अर्याल, क्षेत्र नं २ मा सहसचिव वासुदेव रिमाल, ३ मा सचिव हरि काफ्ले, ४ मा सहसचिव बिष्णु थापा र क्षेत्र नं ५ मा सचिव परमानन्द भट्टराईलाई प्रतिनिधि खटाएको छ ।
त्यस्तै स्थानीय तहसंग समन्वय गरेका कार्यक्रम गर्नका लागि बैठकले जिल्ला सदस्यहरुलाई स्थानीय तहमा खटाएको छ । जसअनुसार देवदह नगरपालिकामा राजकुमार वाग्ले, तिलोत्तमा नगरपालिकामा सिता पोख्रेल, ओम सतियामा मोहम्मद सलिम खाँन, रोहिणीमा तिलक ज्ञवाली, बुुटवल उपमहानगरमा खिम क्षेत्री, सैनामैनामा सुनिता चौधरी, सिद्धार्थनगरमा हरिकला पाण्डे, सियारीमा कविता लम्साल, सुद्धोधनमा तारा चौधरी, मायादेवीमा शुुष्मा हमाल, कोटहीमाईमा प्रियङ्का शाही, मर्चवारीमा डिल बहादुुर चौधरी, सम्मरीमाईमा प्रकाश गुुप्ता, लुम्विनीमा जिवन बन्धुु तिवारी र गैडहवामा रुद्रमान चौधरीलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

≪ Previous Post

महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

Next Post ≫

वोनिन पिया बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क