Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नक्कली लालपूर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नक्कली लालपूर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १७ श्रावण २०८० · 0
नक्कली लालपूर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाको नियन्त्रणमा
140
SHARES
ShareTweet

बुटवल । टोल वासीलाई नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात बुटवल उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
बुटवल–११ न्यु दुर्गानगर टोल विकास संस्थाले टोल वासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र गैरकानुनी रुपमा रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउसो पुगेको उपमहानगरपालिकाको टोलीले टोल विकास संस्थाको कार्यालयबाट नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।
टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपमहानगरपालिका भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिनुभयो । टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिने उहांले बताउनु भयो ।
स्थानीय ललिता गुरुङका अनुसार टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको छ । टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुले जग्गाको लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाएको गुरुङले बताउनु भयो ।

≪ Previous Post

बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

Next Post ≫

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क