Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम ब्यवसायीलाई अग्नी सुरक्षा सम्बन्धी अभिमुखिकरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम ब्यवसायीलाई अग्नी सुरक्षा सम्बन्धी अभिमुखिकरण

संसारपोस्ट संवाददाता · १५ श्रावण २०८० · 0
पेट्रोलियम ब्यवसायीलाई अग्नी सुरक्षा सम्बन्धी अभिमुखिकरण
60
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल रुपन्देहीले पेट्रोल पम्पमा हुन सक्ने आगलागी तथा आगलागी नियन्त्रणका बिषयमा सदस्य ब्यवसायीहरुलाई अभिमुखिकरण गरेको छ ।
एशोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीको सहजिकरणमा ब्यवसायीहरुलाई आगालागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनु पर्ने सुरक्षा सतर्कताका बिषयमा अभिमुखिकरण गरेको हो ।
पेट्रोलियम पदार्थ अतिनै सम्बेदनसिल र अत्यधिक प्रज्वलनसिल पदार्थ भएकाले एशोसिएसनले बार्षिक कार्ययोजना अनुसार एशोसिएसनमा आबद्द ब्यवसायीहरुलाइ अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताउनु भयो ।
सबै पेट्रोल पम्पहरुमा अग्नी नियन्त्रण गर्ने उपकरणहरुको ब्यवस्था भएपनि उपकरण प्रयोग गर्न नजानेमा हुने क्षेती नियन्त्रण तथा उपकरण प्रयोग गर्ने सहि बिधीका बिषयमा निगमका दक्ष प्राबिधिकहरुबाट प्रयोगात्मक सहजिकरण गरिएको एशोसिएसनका अध्यक्ष गैरेले जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोल पम्पहरुमा आगलागिहुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भैहालेमा अग्नी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपाल आयल निगम भलवारि परिसरमा आयोजाना गरिएको अभिमुखिकरण कार्यक्रममा आयल निगमका उप प्रबन्धक अशोक अर्याल, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपाने, निगमका प्राविधिक श्यामलाल खनाल र उमेशजंग रायमाझीलगायतले कार्यक्रम उपलब्धिमुलक भएको भन्दै आगामी दिनमा पनि यसलाइ निरन्तरता दिनुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा डिलर व्यवसायी एवं निगमका कर्मचारी गरी ११० जनाको सहभागिता रहेको एशोसिएसनका महासचिव हरिराम कसौधनले जानकारी गराउनु भयो ।

m

≪ Previous Post

नेपाल चीन मैत्री समाजद्वारा बृक्षारोपण

Next Post ≫

लुम्बिनी केबलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क