Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८० · 0
ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण
80
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा-४ ड्राइभरटोल स्थित ॐ महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य जाँच गरेको छ ।


तिलोत्तमा-४ स्थित जन ज्योति उच्च माध्यमिक बिद्यालय डिङ्गरनगरमा शुक्रबार अस्पतालले महिला तथा बाल रोग सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिबिरको आयोजना गरि नि:शुल्क स्वास्थ्य जाँच गरेको हो ।
बिश्व हेपाटाइटिस दिवसको अवसरमा ॐ अस्पताल र रोटरी क्लव अफ बुटवल डाउनटाउनको सयुक्तआयोजनामा भएको शिबिरमा महिला र बालबालिका गरि ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालले जनाएको छ ।
ॐ अस्पतालकी सुपरिटेन्डेन्ट डा. शर्मिला शर्मा र बालरोग बिशेषज्ञ डा. अनिल खनालले स्वास्थ्य जाँच गरेको शिबिरमा मेडिकल अफ नर्सिङ्ग स्टाफ कलेजले प्राबिधिक सहयोग गरेको ॐ अस्पतालले जनाएको छ ।
सो अवसरमा महिलाको पाठेघर सम्बन्धी जनचेतना कार्यक्रम गरिनुका साथै स्वास्थ्य जाँच गराएर स्वास्थ्य समस्या देखिएका बिरामीहरुलाइ स्वास्थ्य परामर्शका साथै नि:शुल्क औषधी समेत बितरण गरिएको थियो ।
अस्पताल सङ्ग सहकार्य गरेर आगामी दिनमा पनि स्वास्थ्यको पहुच देखि टाढा रहेका महिला तथा बालबालिकालाइ लक्षित गरेर स्वास्थ्य जाँच शिबिर लगायतका कार्यक्रम आयोजना गरिने क्लवका अध्यक्ष कमला हमालले बताउनु भयो ।
तिलोत्तमा-४ ड्राइभरटोलमा करिव १२ कट्ठा जमिनमा आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरि १२ जना बिशेषज्ञ डक्टरहरुद्वारा सेवा सन्चालन गरेको अस्पतालको औपचारिक शुभारम्भ भने भाद्र ७ गतेदेखि हुने अस्पतालका सन्चालक घनश्याम तिवारीले जानकारी गराउनु भयो ।

≪ Previous Post

तिलोत्तमा : पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार

Next Post ≫

बिना दर्ताका उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन उद्योग संघको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क