Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्न रोक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्न रोक

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0
तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्न रोक
140
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालय क्षेत्र तथा सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन गर्न निषेध गरेको छ ।
तिलोत्तमा नगरपालिले सुर्तीजन्य पदार्थको विक्रि वितरण सम्बन्धी सूचनामा शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थललगायत सार्वजनिकस्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको विक्री वितरण गरेको पाइए कानुन बमोजिम कार्वाही हुने उल्लेख छ ।
नगर प्रमुख रामकृष्ण खाँणद्वारा जारी सूचनामा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्था बमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थल लगायत नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरि तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको विक्रिवितरण गर्न नपाइने व्यवस्था भएकोले कोही कसैले उल्लिखित सार्वजनिक स्थल वरपर (कम्तिमा १०० मिटर भित्र) सुर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाइएमा नियमानुसार कारवाहीको लागि सम्बन्धित निकायमा पठाइने छ ।’ उल्लेख छ ।
यस अघि तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि वितरण गर्न रोक लगाउँदै अटेर गरे ५० हजारसम्म जरिवाना हुने जनाएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क

Next Post ≫

प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क