Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वित्तिय संघीयता बारे विश्व बैंकले सार्वजनिक ग¥यो प्रतिवेदन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वित्तिय संघीयता बारे विश्व बैंकले सार्वजनिक ग¥यो प्रतिवेदन

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८० · 0
वित्तिय संघीयता बारे विश्व बैंकले सार्वजनिक ग¥यो प्रतिवेदन
80
SHARES
ShareTweet

सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी नीति पालनामा चुनौति

लुम्बिनी । विश्व बैंकले प्रदेश तथा स्थानीय सरकारको सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी नीतिहरु पालनामा चुनौतिहरु रहेको जनाएको छ । प्राविधिक र जनशक्ति क्षमताको अभावले वित्तिय संघीयता सबल बनाउने नीतिहरु कार्यान्वयनमा चुनौति रहेको विश्व बैंकले जनाएको हो ।
सोमबार लुम्बिनी बौद्ध विश्वविद्यालयसंगको सहकार्यमा लुम्बिनीमा आयोजित कार्यक्रममा नेपाल वित्तिय संघीयता प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा वित्तिय संघीयता कार्यान्वयन कमजोर रहेको जनाएको हो । नेपाल वित्तिय संघीयता अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले वित्तिय संघीयता सम्बन्धी संस्थाहरु सबल बन्दै गएपनि नीतिहरु पालनामा चुनौति देखिएको जनाएको छ ।
विश्व बैंकले सन् २०१९ पछि वित्तिय संघीयता कार्यान्वयनको अवस्था विषयमा पहिलो पटक अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै बैंकका अर्थशास्त्री नयन जोशीले प्राविधिक र जनशक्ति क्षमताको अभावमा चुनौति सिर्जना भएको बताउनुभयो । ‘स्थानीय सरकारले लेखाङ्कन गर्ने र वित्तिय प्रतिवेदन सार्वजनिक गर्ने कार्यमा ज्यादै न्यून प्रगति हासिल गरेका छन, प्रतिवेदनमा भनिएको छ ।
राजश्व विस्तारको तुलनामा खर्च उच्च रहेकाले आर्थिक वर्ष ०२०।०२१ मा प्रदेश र स्थानीय सरकारहरुको सञ्चित वित्तिय बचत घटेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयनमा सुधार भए पनि खर्च अत्याधिक कम हुने गरेको बैंकले जनाएको छ । अर्थ विबिध शिर्षकमा ठूलो रकम एकमुष्ठ विनियोजन गरिनु र वार्षिक बजेट, मध्यकालिन खर्च संरचना र आवधिक विकास योजनाबीच पर्याप्त तालमेल नहुदा खर्च कम हुने गरेको बैंकले जनाएको छ ।
बजेट कार्यसम्पादनको अनुगमन तथा निगरानीमा नागरिक सहभागिता शुनिश्चित गर्ने संयन्त्रको अभाव प्रदेश र स्थानीय सरकारमा देखिएको अर्थशास्त्री जोशीले बताउनुभयो । विश्व बैंकले प्रदेशमा वित्तिय व्यवस्थापन इकाई निर्माण गर्न, खर्चको चौमासिक रुपमा लेखापरीक्षण गर्न र एकीकृत डाटावेश निर्माण गर्न सुझाव दिएको छ । प्रदेशलाई अर्थ विविध बजेट उपशिर्षक अन्तर्गत रहने रकमको सीमा तोकी विनियोजन ऐन ल्याउन सुझाव दिएको छ ।
बैंकले ११५ वटा स्थानीय तह र सात प्रदेशलाई आधार लिएर अध्ययन प्रतिवेदन तयार गरेको हो । अध्ययनका क्रममा ४० प्रतिशत स्थानीय सरकारले बजेट वेवसाइटमा सार्वजनिक नगरेको र ८० प्रतिशतले बिनियोजन विधेयक सार्वजनिक नगरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
संघीय ऐन, प्रदेशमा नीति योजना तथा स्थानीय सरकारका वित्तिय संघीयता कार्यान्वयनका पक्षहरुमा भने सबल बन्दै गइरहेको प्रतिवेदनमा जनाइएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले संघीयता आए पनि केन्द्रीकृत मानसिकता कायम रहेकाले पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । ‘ग्रामीण विकासका लागि प्रदेशको संरचना तयार भएको हो, तर हाम्रो राज्यशक्तिमा केन्द्रीकृत मानसिकता हटेन, उहांले भन्नुभयो– ‘यस्तो मानसिकता कायम रहेकैले विश्व बैंकले समेत लक्ष्य अनुरुपको उपलब्धि हासिल गर्न सकेको छैन ।’


संविधान प्रदत्त अधिकारहरु प्रदेश र स्थानीय तहलाई प्राप्त हुनासाथ संघीयता पूर्ण रुपमा कार्यान्वयनमा रहने र जनताले सरकारको अनुभूति गर्न सक्ने उहांले बताउनुभयो ।
त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार डा. तिलकराम आचार्यले राजनीतिक संघीयताले मात्रै विकास र जनताका अपेक्षाहरु पूरा हुन नसक्ने बताउनु भयो । उहांले बित्तिय संघीयतालाई सबलीकरणका लागि तीन तहका सरकारबीच बजेट कार्यान्वयनका अन्योलता हटाउनुपर्ने बताउंदै उहांले राजश्व संकलनमा दोहोरोपन, प्राकृतिक स्रोत उपयोगका जटिलताहरुको समाधानले वित्तिय संघीयता कार्यान्वयनमा टेवा पुग्ने बताउनु भयो ।
वल्र्ड बैंक साझेदार संस्था जिआई जेडका लुम्बिनी प्रदेश प्रमुख निरन्जन जोशीले वित्तिय संघीयताको कार्यान्वयन निकै कमजोर रहेको औल्याउनुभयो । संस्थाले स्थानीय तहमा कार्य गर्दा नागरिकलाई सरलता भन्दा जटिलतातर्फ लगिएको देखिएको उहांले बताउनु भयो । कर तिर्नका लागि पनि कष्ट बेहोर्नु परेकाले यस्ता पक्षहरुमा सुधार हुन आवश्यक रहेको उहांले बताउनु भयो ।
रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरले जनतासंग प्रत्यक्ष जोडिने स्थानीय सरकारलाई स्रोत साधनमा बलियो बनाउनुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो । संघले बजेट कतौटी गर्ने, राजश्व संकलनका स्रोत नहुदा स्थानीय सरकार बित्तिय रुपमा बलियो हुन नसकेको उहांले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजु, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सहकारी अभियन्ता ज्ञानु पौडेल, आर्थिक विश्लेषक मनिकर कार्की, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. सन्तोष ज्ञवालीले विश्व बैंकको प्रतिवेदन माथि टिप्पणी र सुझाव दिनुभएको थियो । कार्यक्रमको सहजीकरण बौद्ध विश्वविद्यालयका उपप्राध्यापक दयानिधी गौतमले गर्नुभएको थियो ।
विश्व बैंकले बित्तिय संघीयता कार्यान्वयन अवस्था विषयको अध्ययन प्रतिवेदन सातै प्रदेशमा सार्वजनिक गर्ने जनाएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, शिक्षा क्षेत्र, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

सैनामैनाबाट लागु औषध खैरो हेरोईन सहित ४ जना पक्राउ

Next Post ≫

बुटवलका तत्कालीन डिएसपी केसी बर्खास्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क