Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा सरकारी इन्जिनियरिङ कलेज सञ्चालनको तयारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सरकारी इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८० · 0
बुटवलमा सरकारी इन्जिनियरिङ कलेज सञ्चालनको तयारी
60
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तरगत बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्षपछि लुम्बिनी प्रदेश सरकारले पढाइ शुरु गर्न विश्वविद्यालयको टोलीले शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टोलीसँग छलफल गरेको हो ।
बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले चालु शैक्षिक सत्रबाट अध्ययन आरम्भ गर्ने योजना अनुसार बुटवलमा आंगिक क्याम्पस सञ्चालनका लागि छलफल गरिएको जानकारी दिनुभयो ।
उपकुलपति ढकालका अनुसार चालू शैक्षिक सत्रबाट ‘बिटेक इन आईटी’,‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ्’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम सञ्चालन गरिने छ ।
उहांका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ र सूचना प्रविधि तथा रूपन्देहीमा कृषि, वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुने छन् । त्यसका लागि बुटवल उपमहानगरपालिकासँग छलफल गरिएको हो ।
बुटवलमा प्रदेशको विश्वविद्यालयले आंगिक कलेज सञ्चालनका लागि प्रस्ताव आएकाले त्यसैअनुसार सहकार्य गर्न बुटवल उपमहानगरपालिका तयार रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहांले विश्वविद्यालयलाई आवश्यक संरचना तयार गर्न र अन्य सहकार्यका लागि सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो ।
बुटवलमा प्रदेशकै सबैभन्दा ठूलो इन्जिनियरिङ कलेज स्थापनाको सम्भावनाबारे छलफल भएको बताउदै उहांले अटो इन्जिनियरिङ, कृषि, वन र टनेल इन्जिनियरिङ तथा पर्यटनका क्षेत्रमा अध्ययन गर्ने कलेज स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढ्ने र आगामी वर्षदेखि केही विषयहरुको अध्ययन शुरु गर्ने गरी काम थाल्ने समझदारी भएको जानकारी गराउनु भयो ।

≪ Previous Post

ढुवानी व्यवसायीलाई भ्याट र विल विजकका विषयमा सहजीकरण

Next Post ≫

आज ४१ औं बीपी स्मृति दिवस : बिभिन्न कार्यक्रमका साथ मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क