Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विद्यालयहरुलाई बुटवल नगर प्रमुखको निर्देशन : पोशाक र पुस्तक खरिदमा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विद्यालयहरुलाई बुटवल नगर प्रमुखको निर्देशन : पोशाक र पुस्तक खरिदमा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0
विद्यालयहरुलाई बुटवल नगर प्रमुखको निर्देशन : पोशाक र पुस्तक खरिदमा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु
160
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि विद्यालयहरुलाई निर्देशन दिनुभएको छ ।
माध्यमिक तहको भर्ना शुरु हुनुअघि उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफल कार्यक्रममा प्रमुख पाण्डेयले भन्नुभयो–“विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफुअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला ।”
प्रमुख पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिदैं विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्नेमा जोड दिनुभयो । विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् प्रमुख पाण्डेयले भन्नुभयो ।
विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको दरबन्दीलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गर्दै प्रमुख पाण्डेयले नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्कजस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न समेत आग्रह गर्नुभयो ।
विद्यालयले आफ्नो क्षमताअनुसार आफै तय गरेका मापदण्डभित्र रहेर भर्ना गर्न र विद्यार्थीलाई पढ्न पाउने अवसरबाट बञ्चित नगर्न पनि आग्रह गर्नुभयो । बुटवललाई शिक्षाका क्षेत्रमा अब्बल बनाउनका लागि सामुदायिक विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उहांले बुटवलबाट अन्य क्षेत्रले सिक्ने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता ब्यक्र गर्दै प्रमुख पाण्डेयले विद्यालयहरुको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।
कुनै विद्यालयमा क्षमताभन्दा धेरै विद्यार्थी आएर भर्ना लिन नसकेको अवस्था छ भने कुनैमा भर्ना गर्न खोज्दा पनि विद्यार्थी नआएको अवस्था छ, यो अवस्थालाई सुधार गरेर एउटै स्तरका विद्यालय बनाउने गरी सबै विद्यालयहरु लाग्नुपर्छ, सुधारका लागि नगरले कहाँनेर कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ त्यहीँ उभिन्छ’–प्रमुख पाण्डेयले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकोले त्यसको तयारी गर्न पनि विद्यालयहरुलाई आग्रह गर्नुभयो । ‘खेलाडी उत्पादनका लागि जगबाटै लगानी गर्नुपर्छ भन्ने उद्देश्यले यसपटक हामीले नगरभित्रका विद्यालयहरुबीच फुटबल प्रतियोगिता सञ्चालन गर्दैछौं, उहांले भन्नुभयो–यसले विद्यालयस्तरमा खेलाडी उत्पादनमा मदत पुग्नेछ ।’

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरुलाई एउटै नियम र पद्धतिमा चल्न आग्रह गर्नुभयो । उहांले विद्यालयमा अनुशासन र विधिको पालनामा गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफल कार्यक्रममा सहभागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताए । उनीहरुले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताए ।

≪ Previous Post

छात्रवृत्ति र शुल्क विवरण पेश गर्न सामुदायिक विद्यालयलाई तिलोत्तमा नगरको निर्देशन

Next Post ≫

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै आर्यघाटमा दाहसंस्कार गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क