Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकार र प्रतिपक्षी दलको सहमति पछि लुम्बिनी प्रदेशको बजेट फास्ट ट्रयाकबाट पारित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकार र प्रतिपक्षी दलको सहमति पछि लुम्बिनी प्रदेशको बजेट फास्ट ट्रयाकबाट पारित

संसारपोस्ट संवाददाता · २१ असार २०८० · 0
सरकार र प्रतिपक्षी दलको सहमति पछि लुम्बिनी प्रदेशको बजेट फास्ट ट्रयाकबाट पारित
120
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको बजेट फास्ट ट्रयाकबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच मंगलबार राति प्रतिपक्ष दल र मुख्यमन्त्रीबीच सहमति भएपछि बुधबार फास्ट ट्रयाकबाट बजेट पारित गरिएको हो ।
बुधबार दिउँसो र राति दुई बैठक बसेर फास्ट ट्रयाकबाट बजेट पारित गरिएको हो । प्रदेश सभाको दोस्रो अधिवेशनको बुधबार बसेको सत्रौं बैठकले सरकारले सञ्चित कोषबाट केही रकम खर्च तथा विनियोजन गर्ने सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । त्यस्तै साढे ७ बजेपछि बसेको बैठकले सरकारको अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि बहुमतले पारित गरेको छ ।
दुवै विधेयकमा छोटो प्रक्रियामा दफावार छलफल गर्दै उठेका विषवबस्तुमा सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । बुधबारको बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले जानकारी गराउनुभयो ।
सरकारका दुवै विधेयक प्रदेशसभाबाट पारित भएसँगै सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको हो । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले असार १ गते आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।
सरकारले ल्याएको लुम्बिनी प्रदेशको आगामी वर्षको बजेटमा आर्थिक वर्ष २०७५÷०७६ देखिका क्रमागत योजनाको बजेट कटौती गरेको, निर्देशनालय खारेज गर्ने घोषणा गरेको र केही शीर्षकमा एकमुष्ट बजेट राखिएको भन्दै एमालेले निरन्तर विरोध गर्दै आएको थियो ।
बुधबारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै विपक्षीदललाई सँगै लिएर सरकार अघि बढ्न खोजेको र प्रतिपक्ष दलले उठाएका सबै विषय सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रदेशसभा बैठक सुरु गर्ने सहमति भएको थियो । सहमतिपछि गरिएका सत्रौं र अठारौं दुवै बैठकमा पेस भएको विधेयकमाथि सत्तापक्षका प्रदेशसभा सदस्यले समर्थन र प्रतिपक्षका प्रदेशसभा सदस्यले विरोध गरेका थिए ।

≪ Previous Post

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदै

Next Post ≫

कांग्रेस जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क