Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको एमाले र सरकारबीच सहमति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको एमाले र सरकारबीच सहमति

संसारपोस्ट संवाददाता · २० असार २०८० · 0
लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको एमाले र सरकारबीच सहमति
100
SHARES
ShareTweet

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेट प्रति असहमति जनाउदै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लुम्बिनी प्रदेश सरकारबीच सहमति भएको छ ।
बजेटको बिरोध गर्दै लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । एमालेले लगातार बैठक बहिष्कार गरेपछि गएराति एमाले र सरकारबीच वार्ता भएको थियो ।
दुवै पक्षबीच राति भएको वार्तामा प्रमुख प्रतिपक्षी दल एमालेले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो ।
बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाउनुभएको हो । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी हुनुभएको थियो ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मंगलबार स्थगित प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको सूचना जारी गर्नुभएको छ ।
सभामुखको निर्देशनानुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

≪ Previous Post

अर्घाखाँचीमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु, एक जना घाइते

Next Post ≫

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क